SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    ९९४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको बिलमा घरबेटीले मनोमानि गर्न नपाउने बताउँनु भएको छ । धेरै जसो घरधनील भाडामा बस्ने व्यक्तिहरु वा व्यवसायीसँग बिजुलीको बिलमा उठ्ने वास्तविक शुल्कभन्दा बढाएर शुल्क उठाउने गरेको पाईन्छ ।

    घरधनीले प्रतियुनिट ७ रूपैयाँसम्म बढी लिने गरेको सर्वसाधारणको गुनासोहरु आइरहेका बेला कार्यकारी निर्देशक घिसिङले त्यसरी घरधनीले भाडामा बस्ने व्यक्तिहरु वा व्यवसायीसँग मनोमानि रुपमा शुल्क लिन नपाइने बताउनु भएको छ ।

    घिसिङले ‘बिजुलीमा घरबेटीले व्यापार गर्न नपाइने , वास्तविक बिल जति उठ्छ त्यही दरमा मात्रै ग्राहकसँग शुल्क उठाउनुपर्ने बताउन आग्रह गर्नु भएको छ । प्राधिकरणमा कार्यभार सम्हालेको तीन वर्ष पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले घरभाडा जति लिए पनि आफुलाइ त्यसमा कुनै आपत्ती नभएको तर बिजुलीमा बढी शुल्क लिएको पाएमा कारबाही हने बताउँनु भएको छ ।

    निर्देशक घिसिङले भान्सामा ग्यासको सट्टा बिजुली प्रयोग गर्नसमेत आग्रह गर्नु भयो । ग्यासमा पकाउनुभन्दा बिजुलीमा सस्तो पर्ने उहाँको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं