SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२८ गते
    १०९१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । विगेसो अर्थात ब्रिटिश भूतपूर्व सैनिक संगठनको क्षेत्रीय विभाग सिङ्गपुरले सिङ्गापुर प्रहरी सेवामा आबद्ध नेपालीहरूप्रति ब्रिटिश तथा सिङ्गापुरले गरेका असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बृहत छलफल गरेको छ ।

    मगर समाजको भवनमा आयोजित कार्यक्रममा सिङ्गापुर विभाग द्रारा सिङ्गापुरमा कार्यरत गोर्खाली अर्थात नेपालीहरू माथि गरेको विभेदलाई १३ बुँदामा प्रस्तुत गरेको छ ।

    विगेसोको केन्द्रिय सभापति पदम लिम्बुले सिङ्गापूरमा कार्यरत गोर्खाली अर्थात श्रीमती तथा परिवारले स्वतन्त्र रुपमा हिडडुल गर्न नपाउने, कुनै रोजगार अनुमति नहुने, छोराछोरीहरूले २१ वर्ष पुग्नसाथ अनिवार्य सिङ्गपुर छोड्नु पर्ने, सिङ्गापुरमै जन्मेकाहरूको जन्म प्रमाण पत्रमा सिङ्गापुर नखोलिने, सेवा अवधि सकिएको समयबाट सिङ्गापुरमा बसोबास गर्न नपाउने, सिङ्गापुरको नागरिकसंग विवाह गर्न नपाउने, विधुवा श्रीमतिको निवित्तृभरण लगायतका विभेद तत्कालै हटाउनु पर्ने माग सहितको तयार पारेको १३ बुँदे घोषण पत्र नियमन गर्नुपर्ने बताउनुभयो ।
    आफू धेरै सक्षम हुँदा पनि सिङ्गपुरको विभेदकारी निति तथा कानुनको कारण कैदी सरह जीवन जिउन बाध्य भएको लिम्बुले बताउनुभयो ।

    कार्यक्रममा विगेसोका प्रमुख सल्लाहकार डाक्टर ओम गुरुङले यो विषयलाई संगठनले अत्यन्तै गम्भिरतापूर्वक लिएको र न्यायको लागि सम्बन्धीत निकायमा तत्कालै कदम चालिने बताउनु भयो ।

    कार्यक्रममामा विगेसोको कानुन सल्लाहकार फडिन्द्र कार्किले १९४७ मा भारत र बेलायतको सन्धी भएको थियो तर नेपाल सरकार र सिङ्गापुर विच कुनै सन्धि सम्झौता नभएको जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै संस्थाका महासचिव नगेन्द्र राइले सिङ्गापुर प्रहरीमा आबद्ध नेपालीहरू ब्रिटिश सेना अन्तर्गत भर्ती भएकाले सिङ्गापुर, बेलायत र नेपालगरि तीनैै देशमा निर्वाध रुपमा बसोबास पाउनु पर्ने बताउनु भयो । विगेसोले विगत लामो समयदेखि गोर्खा भर्ती र विभेदकारि सन १९४७ असमक्ष त्रिपक्षिय सम्झौताको विरोध गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं