SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२४ गते
    २२५७ &#२३४६;&#२३३५;&#२३२५;

    गोविन्द रिजाल, पर्बत कुश्मा । राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकाश गर्ने उदेश्यले सन् १९९६ मा स्थापित पर्बत जेसीजले हरेक बर्षमा झैँ यस बर्ष पनि जेसीज सप्ताह-२०१९ यहि भाद्र २१ गते शनिबार देखि २७ गतेसम्म विभिन्न कार्यकमहरु गरि साता व्यापि कार्यक्रम गरिरहेको छ। सोहि अनुरुप पहिलो दिनमा समुदघाटन समारोह तथा तिज गित प्रतियोगिता भयो दोश्रो दिन अभिभावकका लागि प्यारेन्टिङ तालिम र तेस्रो दिन विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता युवा बर्ष प्रा.बि. गोदाम मा सम्पन्न भयो।

    त्यस्तै आज चौथो दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता रहेको थियो जस अन्तर्गत सशस्त्र प्रहरी बल चण्डिका गणको खेल मैदानमा पर्बत जेसीज र जनप्रतिनिधि बिच खेल सम्पन्न भयो। उक्त खेलमा जनप्रतिनिधि शुन्य का विरुद्ध एक गोलले बिजयी भए। जनप्रतिनिधिका तर्फबाट एक गोल कुनपा-११ का अध्क्षय शिब प्रसाद पौडेल ले गर्नु भएको थियो उक्त गोल नै बिजयीको लागि पर्याप्त भयो । खेल निकै रोमान्चक र उत्साह पूर्णरुपले भएको थियो। पर्बत जेसीज जनप्रतिनिधि विरुद्ध निकै नै हाबी भए पनि गोल गर्न भने सकेन उता जनप्रतिनिधि हरु निकै रमाईलो मानेर खेल खेलिरहेका थिए। दुवै टिमले धेरै पटक पोस्ट मा प्रहार गरे पनि बल ले सहि दिशा भने लिन सकेन र जनप्रतिनिधि १-० गोल ले बिजयी भयो। मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अध्यक्षयता जेसीज पर्बतका  अध्यक्ष मोहन आचार्यले ले गर्नु भएको थियो ।

    कार्यकममा प्रमुख अथिति जिल्ला समन्वय समिति पर्बतका अध्क्षय मनोहर बि पोख्रेल ले ब्यानर पढेर उद्घघाटन गर्नु भएको थियो भने विशिष्ट अथिति कुनपा का मेयर रामचन्द्र जोशी ले रेफ्री गोबिन्द रिजाल लाई बल र सिठी प्रदान गर्नुभएको थियो भने अथिति सशस्त्र प्रहरी बल चण्डिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको पनि गरिमामय उपस्थित रहेको थियो।उक्त कार्यक्रम को संयोजक जेसी गोकुल चापागाई हुनुहुन्थियो भने मूल संयोजक जेसी मन्जु शिलाकर श्रेष्ठ र कार्यक्रम संचालक महासचिब जेसी रामु शर्माले गर्नु भएको थियो। साथै भोलि भाद्र २५ गते स्लो स्कुटी रेस प्रतियोगिता, २६ गते उत्कृष्ठ चालक सम्मान कार्यक्रम र अन्तिम तथा २७ गते  विधालयस्तरीय लोकनृत्य प्रतियोगिता, पुरस्कार वितरण र समापन हुने मूल संयोजक जेसी मञ्जु शिलाकार श्रेष्ठले सूचनाकेन्द्र डटकम लाई जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्न करिब २ लाख ४ हजार खर्च लाग्ने अनुमान गरिएको जानकारी पनि पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले  बताउनु भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं