SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१२ गते
    १६२१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन ।
    यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न अनुरोध गरेको हो ।

    यान्त्रिक पुलमा लठ्ठा चुडिएको भ्रामक समाचार फेसबुक पेज मार्फत सार्वजनिक भएको भन्दै लठ्ठा चुडिने कुनै संभावना नै नभएको स्पष्ट पारेको छ । ‘लठ्ठामा कुनै समस्या नै नदेखिएको र लठ्ठा चुडिने संभावना नै नभएको बिषयलाई भ्रामक रुपमा प्रचार गरि बद्नाम गर्न खोजिएको छ’ सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो ‘फेसबुक पेजमा राखिएका यस्ता मिथ्या समाचारको पछाडी नलागी ढुक्क भएर यात्रा गर्दा हुन्छ, यात्रुको सुरक्षाको जिम्मा हामी लिन्छौ’

    यान्त्रिक पुलले हरेक दुई बर्ष पुलका डब्बा घुमाउने लठ्ठा परिर्वतन गर्दै आएको र लठ्ठाको एक दुई वटा मसिना तार समेत चुडिएको अबस्थामा पनि बन्द गरेर मर्मत गर्दै आएको कम्पनीले जनाएको छ । केही दिन पहिले पुलको बलेवास्टेशनमा डब्बा लिगबाट थोरै बाहिर जाँदा ढल्कन पुगेको र कर्मचारीले लिगमा राखेपछि १० मिनेट पछि नै नियमित रुपमा सञ्चालन भएको बिषयलाई अतिरञ्जित गर्ने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बलेवा न्युज नामक फेसबुक सञ्चालकका बिरुद्ध यान्त्रिक पुलले भ्रामक सुचना फैलाएको भन्दै काबार्हीका लागि प्रहरीमा उजुरी दिएको छ । उक्त पेजको सञ्चालक र समाचार शेयर गर्नेहरुको बारेमा प्रहरीले समेत खोजी गरिरहेको बताइएको छ।

    कुस्मा बलेवा यान्त्रिक पुलको साधारण सभा यहि भाद्र १९ गते हुँदै
    २०६९ फागुन २१ बाट औपचारिक रुपमा सञ्चालनमा आएको कुस्मा बलेवा यान्त्रिक पुलको साधारण सभा यहि भाद्र १९ गते उद्योग बाणिज्य संघको सभा हलमा कुश्मा हुने भएको छ । सुचना केन्द्र डटकमसँग कुरा गर्दै संस्थाका अध्यक्ष होम नारायण श्रेष्ठले यस्तो जानकारी दिएका हुन ।

    २०६९ फागुन २१ बाट औपचारिक रुपमा सञ्चालनमा यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविक १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारिक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका खेलेको छ ।

    पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएका छन भने चाडबाडमा भीड लाग्ने गरेको छ । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका गरी ४ सय ६३ जना सर्वसारधणले लगानी गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं