News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध मोटरपार्ट्स बरामद

    अजय मिश्र / कृष्णनगर कपिलवस्तु
    सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ द्वारा आज लाखौ रकम बराबरको अबैध मोटर पार्ट्स बरामद गरेको छ।

    सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ११ झिंगहा चोक बाट भारत बाट अबैध रुपमा भन्सार छली गरि ल्याउदै गर्दा विशेष सुराकी को अधारमा मोटर पार्ट्स बरामद गरेको छ।

    जस्मा ब्रेक वायर १० पिस, सकर सिल ५२ पिस, सकर १० पिस, बुस २३ पिस, चेन २ पिस, फिल्टर ६ वटा, आयल सिल ७ वटा, बेरिंग ४० वटा, म्यागनेट गेयर २ वटा, पल्क ५ पोका, कल्ज प्लेट १ वटा, कटआउट ११ वटा, पट्टी १ के.जी., रड २ वटा र रिक्सा ब्लक ४ वटा रहेको जस्को कुल मुल्य रु १,०८,७०२-/ एक लाख आठ हजार सात सय दुई रूपया रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ३९ कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया