
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पोखरा ।
गण्डकी प्रदेशका सांसदहरुले बालिकाहरुलाई हिंसाबाट बचाउन र बालिका अधिकार संरक्षणका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उपस्थित सांसदहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सांसदहरुले बालबालिकामा गर्ने लगानी भौतिक विकासमा गर्ने लगानी भन्दा बढी महत्वपूर्ण भएकाले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै महिला सांसदहरुले नै आज पनि महिलाहरुलाई पुरुषहरुले होच्याउने प्रवृत्ति भएकाले त्यसको न्युनिकरण गर्न सके मात्र बालिकाहरु समेत सुरक्षित हुन सक्ने बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन मगरले बालिकाको अधिकार रक्षाका लागि कानुन बनाएर मात्र केही नहुने र नागरिक सचेतनाका लागि पनि काम गर्नुपर्ने बताए । उनले बालमैत्री अभियान सञ्चालन गर्ने स्थानिय तहलाई प्रदेश सरकारले सहयोग गर्ने समेत घोषणा गरिन् । मन्त्री पुनले गण्डकी प्रदेशलाई शुन्य बाल विवाहको प्रदेश बनाउने दिशामा गण्डकी प्रदेश अगाडि बढिरहेको बताइन् ।
त्यसै गरी गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समिति सभापति दिपक कोइरालाले नेपाली सामाजिक संरचनाका कारण बालिकाले जन्मदेखि नै विविध समस्या भोग्नु परेको बताए । कोइरालाले छोराको जन्ममा भन्दा छोरीको जन्ममा बाबुआमा संवेदनशील हुनुपर्ने दिन रहँदासम्म भौतिक विकासको अर्थ नरहने बताए ।
गण्डकी प्रदेश सभाका सांसदहरु मीनप्रसाद गुरुङ्ग, धनञ्जय दवाडि, विष्णु लामिछाने, मीना गुरुङ्ग, मनकुमारी गुरुङ्ग, धनमाया पोख्रेल लामा, पियारी थापाले आफ्नो विचार राखेका थिए । मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत खिमलाल सुवेदीले बालिका अधिकार पनि मानव अधिकारको अभिन्न स्वरुप भएकाले त्यसमा सबै तहका सरकारको विशेष भूमिका हुनुपर्ने बताए ।
इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले पछिल्ला दिनहरुमा किशोरीहरुको अधिकार हननका घटनाहरु वृद्धि भएको बताउँदै शोषणका रुपहरु परिवर्तन भएकाले त्यस तर्फ आवश्यक प्रयत्न गर्नुपर्ने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत सुशिला आचार्यले गण्डकी प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा गरेका र योजनामा रहेका गतिविधीहरुबारे कार्यपत्र पेश गरेकी थिइन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता तिलोत्तम पौडेल र सञ्चालन दीपक शर्माले गरेका थिए । कार्यक्रममा बालिकाहरुको क्षेत्रमा गण्डकी प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका विभिन्न संघ संस्थाका ५ दर्जन प्रतिनिधीहरु सहभागी भएका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया