SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१० गते
    ११९२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    गण्डकी प्रदेशका सांसदहरुले बालिकाहरुलाई हिंसाबाट बचाउन र बालिका अधिकार संरक्षणका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उपस्थित सांसदहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सांसदहरुले बालबालिकामा गर्ने लगानी भौतिक विकासमा गर्ने लगानी भन्दा बढी महत्वपूर्ण भएकाले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै महिला सांसदहरुले नै आज पनि महिलाहरुलाई पुरुषहरुले होच्याउने प्रवृत्ति भएकाले त्यसको न्युनिकरण गर्न सके मात्र बालिकाहरु समेत सुरक्षित हुन सक्ने बताए ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन मगरले बालिकाको अधिकार रक्षाका लागि कानुन बनाएर मात्र केही नहुने र नागरिक सचेतनाका लागि पनि काम गर्नुपर्ने बताए । उनले बालमैत्री अभियान सञ्चालन गर्ने स्थानिय तहलाई प्रदेश सरकारले सहयोग गर्ने समेत घोषणा गरिन् । मन्त्री पुनले गण्डकी प्रदेशलाई शुन्य बाल विवाहको प्रदेश बनाउने दिशामा गण्डकी प्रदेश अगाडि बढिरहेको बताइन् ।

    त्यसै गरी गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समिति सभापति दिपक कोइरालाले नेपाली सामाजिक संरचनाका कारण बालिकाले जन्मदेखि नै विविध समस्या भोग्नु परेको बताए । कोइरालाले छोराको जन्ममा भन्दा छोरीको जन्ममा बाबुआमा संवेदनशील हुनुपर्ने दिन रहँदासम्म भौतिक विकासको अर्थ नरहने बताए ।

    गण्डकी प्रदेश सभाका सांसदहरु मीनप्रसाद गुरुङ्ग, धनञ्जय दवाडि, विष्णु लामिछाने, मीना गुरुङ्ग, मनकुमारी गुरुङ्ग, धनमाया पोख्रेल लामा, पियारी थापाले आफ्नो विचार राखेका थिए । मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत खिमलाल सुवेदीले बालिका अधिकार पनि मानव अधिकारको अभिन्न स्वरुप भएकाले त्यसमा सबै तहका सरकारको विशेष भूमिका हुनुपर्ने बताए ।

    इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले पछिल्ला दिनहरुमा किशोरीहरुको अधिकार हननका घटनाहरु वृद्धि भएको बताउँदै शोषणका रुपहरु परिवर्तन भएकाले त्यस तर्फ आवश्यक प्रयत्न गर्नुपर्ने बताए ।

    कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत सुशिला आचार्यले गण्डकी प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा गरेका र योजनामा रहेका गतिविधीहरुबारे कार्यपत्र पेश गरेकी थिइन् ।

    गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता तिलोत्तम पौडेल र सञ्चालन दीपक शर्माले गरेका थिए । कार्यक्रममा बालिकाहरुको क्षेत्रमा गण्डकी प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका विभिन्न संघ संस्थाका ५ दर्जन प्रतिनिधीहरु सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं