
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
उदय अतित स्याङ्जा:-
स्याङजाको गल्याङ बजारमा रहेको गल्याङ एफ.एम ९२. २ मेगाहर्जको प्रथम अधिवेसन तथा दोस्रो साधारणसभा सम्पन्न भएको छ । गल्याङ सञ्चार प्रालिद्धारा सञ्चालित गल्याङ एफ.एम ९२. २ मेगाहर्जको दोस्रो साधारणसभा तथा प्रथम अधिवेसन मगरभवन लेमभित्तामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले एफ.एमले नगरलाई समृद्ध बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । “संस्था नाफामुखी भन्दा पनि चेतनामुखी हुनुपर्छ ।” उहाँले भन्नुभयो, “मिडियालाई आधुनिकरण गर्न पनि उत्तिकै जरुरी छ ।” “चेतना नभए समाज परिवर्तन हुँदैन, अधिकारीले थप्नुभयो, एफ.एमले समाज चेतनाको माध्यामबाट समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ ।”
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेले गल्याङ एफ.एमले सकारात्मक सत्य तथ्यमा आधारित सुचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सदस्य पुण्य भुषालले गाउँ गाउँमा सुचना प्रवाह गरी नगरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष नेत्र पाण्डेले रेडियोको विका र उन्नतीमा स्थानीय तह र जन प्रतिनिधिको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।
त्यस्तै गल्याङ् उद्योगा वाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराईले गल्याङ् एफ.एमले गल्याङ्का व्यापारी व्यवसायीको प्रचार गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले एफ.एम र उद्योग वाणिज्य संघको नङ् र मासुको जस्तो सम्वन्ध हुनुपर्ने भन्दै एकआपसमा सहयोग आदानप्रदान गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि महेन्द्र श्रेष्ठ, नेकपा गल्याङ नगर कमिटीका सदस्य छविलाल भुषालले जुनसुकै राजनितिकदलहरुले पनि रेडियोलाई माया गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गल्याङ सञ्चार प्रालिका अध्यक्ष श्याम प्रसाद बस्यालले अध्यक्षको प्रतिवेदन र प्रालिका कोषाध्यक्ष अर्जुनरानाभाटले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गल्याङ सञ्चार प्रालिका अध्यक्ष श्याम प्रसाद बस्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भेमलाल अर्यालले र स्वागत उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले गर्नुभएको थियो ।
यसैबीच हिजो नै अधिवेसनले १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा दुर्गा प्रसाद भण्डारी, उपाध्यक्षमा सुर्य प्रसाद चापागाई, सचिवमा भेमलाल अर्याल, कोषाध्यक्षमा खगेन्द्र प्रसाद भट्टराई रहनुभएको छ ।
यस्तै सदस्यहरुमा महेश भट्टराई, लेखनाथ भट्टराई, यौँ बहादुर राना, गंगा प्रसाद श्रेष्ठ, शिवराज भण्डारी, अर्जुन रानाभाट, टोम प्रसाद भुसाल, सुर्य प्रसाद भट्टराई, हिमलाल भण्डारी, नेत्र प्रसाद पाण्डे र उमा श्रेष्ठ रहनुभएको छ ।
जिल्लाको एक मात्र व्यवसायिक रेडियो गल्याङ एफ.एम ९२.२ मेगाहर्ज २०७० साल चैत २४ गते देखि सञ्चालनमा आएको थियो । गल्याङ सञ्चार प्रा.लिमा हाल ८२ जना सेयर सदस्य छन् । यस क्षेत्रको विकास र आम जनसमुदायको चाहना पुरा गर्ने अभियानमा जुटेको गल्याङ एफ.एमले चेतनामुलक, सन्देशमुलक र मनोरञ्जनात्मक कार्यक्रम संचालन गर्दै आएको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया