SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/६ गते
    १४०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ,। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजा आउने भनेर हाउगुजी नदेखाउन चेतावनी दिएका छन् ।पछिल्लो समय डाकिएको सर्वदलीय बैठक र त्यहाँ चर्चा उठेको गणतन्त्र जोगाउने विषयको सन्दर्भमा बिहीबार धारणा राख्दै मन्त्री बाँस्कोटाले राजतन्त्र इतिहास भइसकेको बताए।

    ‘कहाँबाट, को राजा, कहाँको राजा, लावण्य देशको ? नेपालमा त राजा छैन त’, उनले भने, पछि इतिहास पढ्दा अहिलेको पुस्ताले पनि र भोलिको पुस्ताले पनि इतिहास पढ्नेछ। बाइसे चौबिसेदेखि कहाँकहाँ आइपुगेर अन्त्य भएको, त्यो पढ्नेछ ।’

    उनले मरिसकेको राजतन्त्र उठ्नै नसक्ने पनि बताए । ‘मरेको राजतन्त्रले फणा उठाउन सक्दैन’, उनले भने, ‘राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुन्छन् ।’ चिहानमा आराधना गरेर राजतन्त्र नफर्किने उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं