
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पोखरा ।
यसवर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा भव्यताका साथ मनाईने भएको छ । विश्व हिन्दु महासंघ श्रीकृष्ण जन्माष्टमी महोत्सव मुल समारोह समितिका अनुसार यहि भाद्र ६ गते वैदाम स्थित कोमागाने पार्कमा श्रीकृष्ण जन्माष्टमी प्रकाट्य उत्सव कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरिएको हो ।
उक्त प्रकाट्य उत्सवमा महान सन्त श्री हरिहर सन्यास आश्रमका पीठाधिश्वर, नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष एंव श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज, प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा.जगमान गुरुङ, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष श्री चैतन्य कृष्ण महाराज र मायाघर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासजीको अभिनन्दन र विशेष प्रवचन सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।
उत्सवमा भगवान श्रीकृष्णको रथारोहण सहित सत्गुरुदेवहरुको अभिनन्दन, भजनचुट्का प्रतियोगीता, झाँकी प्रदर्शन, उत्कृष्ट राधाकृष्ण प्रतियोगीता, रात्री समयमा भव्य कृष्णझुला र उत्कृष्ट सहभागी संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रमहरु गरिने विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खरालले जानकारी दिनुभयो । उत्सवको पुर्वसन्ध्यामा विगत ३२ वर्षदेखी पोखरामा संचालन गरिदै आएको श्रीकृष्ण जन्माष्टमी शोभायात्रा यसवर्ष पनि पोखराको सभागृहचोक देखी कोमागाने पार्कसम्म गरिने छ ।
पछिल्लो समय विभिन्न क्षेत्रबाट नेपाली संस्कार संस्कृति तथा मौलिक पर्वहरु माथी प्रहार गरि सामुदायीक विभाजनको प्रयास भैरहेका प्रति विश्व हिन्दु महासंघ कास्कीकी अध्यक्ष पार्वता पौडेलले चिन्ता व्यक्त गर्नुभयो । संस्कार र संस्कृति नरहे मानव समुदायको अस्तित्व नै संकटमा पर्ने उल्लेख गर्दै उहाँले यसको संरक्षण, विकास र प्रवद्र्धन आमसमुदायको दायित्व हुने बताउनुभयो । सनातन धर्मको रक्षाका खातिर पनि श्रीकृष्णाष्टमी जस्ता मौलिक पर्वहरुको जर्गेना जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
विश्व हिन्दु महासंघ पोखरा नगर कमिटिकी अध्यक्ष सविना क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कमल पौडेलले गर्नुभएको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया