SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३२ गते
    १२४७ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा :-
    स्याङ्जाको गल्याङ नगरपालिका ११ गल्कोटमा रातडाँडा गणेश लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ।आज एक कार्यक्रमका बीच अौपचारिक रुपमा आयोजना सम्पन्न भएको जानकारी गराइएको हो ।कुल एक लाख पचास हजार रुपैयाँ लागत अनुमान गरिएको मा आ.व. ७४/७५ मा यश वडाबाट विविध शिर्षकमा विनियोजित रकम रु ६०,०००/- र यसवर्ष नगरपालिकाद्वारा विनियोजित रु ७०,०००/- साथै स्थानीय श्री तारादेवि आमा समूह गल्कोट छाप को रु १०,०००/- आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको हो ।”यश लिफ्टिङ आयोजनामा १.५ हर्ष पावर क्षमताको समरसेवल विद्युतीय वाटर पम्प प्रयोग गरि १०० मीटर माथि पोलि टैङ्कमा सङ्कलन गरि ६ घरधुरिमा वितरण गरिएको छ” यश आयोजनाका अध्यक्ष फान बहादुर गाहाले भन्नुभयो ।

    यता कोषाध्यक्ष तथा उपभोक्ता हुमा गाहा भन्नुहुन्छ “सबैले एकमत भएर काम गरेमा सफलता हासिल हुने रैछ,हामीले तमाम् कठिनाइ पाखा लगाई काम सम्पन्न गर्यौँ”स्थानीय टेक बहादुर गाहाले काम गर्दै जाँदा गल्याङ तुल्सिभञ्याङ ग्रामीण सडक विस्तारले आयोजना स्थल पुरिदा समस्या ल्याएको थियोे हामीले सबै माटो हटाई काममा निरन्तर खटियौँ।” पहिले पुरै विहान खानेपानी जोहो गर्न खर्चने यहाँका जनता सो समय अन्य काममा लगाउन पाएका छन्।

    यता उपभोक्ता समितिका सचिव नारायण अर्यालले सुरुमा केही असहज थियो ,केही अप्ठ्यारो भयो,पछि वार्ता गरि सबैलाई सहमतिमा ल्याएर काम सुरु गरियो ,यश आयोजनामा जम्मा रु १,३३,३००/- आम्दानी भएको छ भने रु १,५१,०००/- खर्च भएको छ,स्थानीयको जनश्रमदान र रु २०,०००/- बराबरको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको बताउनुभयो ।

    आफ्नो गाउँ आफ्नो ठाउँको आवश्यकता हेरि विकासका लागि आफै होमिनुपर्छ,आफ्नो आवश्यकताका लागि आफै चासो राख्नुपर्छ वयवृद्ध यमनाथ अर्यालले भन्नुभयो ।

    त्यसैगरि आयोजना सफलता पुर्वक सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई बधाई दिदै वडासदस्य कविर बहादुर गाहाले भन्नुभयो ” आयोजना सम्पन्न भएसङ्गै यश गाउँका ६ घरपरिवारका ४७ बढि जनता प्रत्यक्ष लाभान्वित भएका छन्,आगामी दिनमा पनि यश क्षेत्रको आवश्यकता लाई हेरि विकासका लागि जुट्न प्रतिवद्ध छु”। सहयोगि हातहरुलाइ सचिव नारायण अर्यालले धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं