
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी भएको कुराको खण्डन गरेका छन्। आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरुसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री ओलीले एकछिन बिरामी भएर सुत्दा सञ्चारमाध्यमले जथाभावी समाचार लेखिदिएको दाबी गरेका छन्।
बालुवाटारस्थित भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो?’, त्यसपछि ताजगीपूर्ण मुद्रामा उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। आफ्नो प्रतिक्षा गरिरहेका झापा क्षेत्र नं. ५ का अगुवा कार्यकर्तालाई पार्टी सचिवालयको बैठकको अध्यक्षता गर्न जानुअघि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्।
उनले आफू १५ वर्षअघि बिरामी भए पनि अहिले तन्दुरुस्त रहेको जिकिर गरेका छन्। आफ्नो स्वास्थ्यबारेका समाचार पनि हाँगा हालेर आएको भन्दै प्रधानमन्त्रीले कटाक्ष गरे। ‘म सिकिस्तै भएको खबर सुनेर आउनु भएको होला । म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन। एउटा सिटामोल खाइदिएपछि सबै निको भयो’, उनले भने, ‘हिजो ९९ देखि १०० डिग्री ज्वरो आएर एकछिन् आराम गरेको थिएँ। बाहिर त हाँगा हालेर खबर आइसके छन्।’
झापा ५ नम्बर निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणबारे चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे चलाइएका निराधार हल्लाको प्रसंग पनि उल्लेख गरे। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे सरोकार राख्ने शुभचिन्तकसँग ढुक्क रहन भने।
‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भने, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०–२५ वर्ष केही हँुदैन भन्छन्। त्यस कारण म बिरामी होइन ।’


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया