News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम सुरु

    गोबिन्द तिमिल्सिना, हेमजा,।
    नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम शुक्रबार सुरु भएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गर्दै समाजमा गर्नुपर्ने काम युवा रेडक्रस सर्कलले गरेको बताए ।

    कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सचिब तिलक तिमिल्सिना, महिला सञ्जाल पोखरा २५ हेमजाका संयोजक रमा त्रिपाठी लगाएतले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । पत्रकार तथा अधिबक्तत सुस्मा पौडेलले सहजिकरण गरने कार्यक्रममा हेमजाका ३० महिलाको सहभागिता रहेको छ ।

    नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाका सभापति पुनम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहसचिब एलिसा कुवँर, सदस्य सृष्टि कार्कीले सात सिदान्त बाचन र सञ्चालन सचिब अमृता अधिकारीले गरिन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया