
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
काठमाडौं, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिफन्टद्धारा आयोजित कार्यक्रममा ट्रेड यूनियन, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु, अनुसन्धानकर्ताहरु, पत्रकारहरु सहभागि थिए ।
कार्यक्रममा बोल्दै संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने योजना बनाइरहेकाहरु तथा वैदेशिक रोजगारको क्रममा रहेकाहरुलाई मद्दत गर्ने उद्धेश्यले रिक्रुटमेण्ट एडभाइजर मार्फत काम गरिएको बताए । उनले छिट्टै पुग्ने भए एक्लै दौडिनु र सफलता प्राप्त गर्ने भएमा संगसँगै हिड्नु आवश्यक रहेको भन्दै ट्रेड यूनियनहरुले सहकार्यमा विश्वास राख्ने बताए । उनले वैदेशिक रोजगार नेपालका लागि दिर्घकालिन नभई अल्पकालिन रोजगारीको उपाय मात्र भएको भन्दै यसलाई व्यवस्थीत, मर्यादित र सुरक्षित बनाउन ट्रेड यूनियनहरु, सरकार तथा गैरसरकारी संघसंस्थावीचमा मजबूत सहकार्यको खाँचो औंल्याए ।
अध्यक्ष श्रेष्ठले जिफन्टले सन् १९९३ देखि दक्षिण कोरियाबाट सुरु गरेको गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई संगठित गर्ने काम हाल विस्तार भएर खाडीका अधिकाँश मुलुकहरु, मलेशिया लगायतमा पुगेको बताए । श्रमिकलाई संगठित गरेर आन्दोलन गर्ने नभई सोही मुलुकमा कृयाशिल ट्रेड यूनियनको सदस्य बनाउँदै वैदेशिक रोजगारमा जाने नेपालीलाई सुरक्षित बनाउनु जिफन्टको उद्देश्य रहेको उनको भनाई थियो ।
अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरु तथा रोजगारीका क्रममा विदेशमा रहेकाहरुलाई सुरक्षित र उपलव्धीमूलक वैदेशिक रोजगार बनाउने तथा रोजगारीबाट फर्केकाहरुले लिएर आउने सीप र कमाएको पुँजी उचित ठाउँमा लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा सार्टुकका महासचिव लक्ष्मण बहादुर बस्नेतले रोजगारीका लागि कामदार पठाउने मुलुकहरु एक नभएसम्म खाडीका मुलुकहरुलाई श्रमिकमैत्री कानून, नियम बनाउन बाध्य बनाउन नसकिने धारणा राखे । उनले वैदेशिक रोजगारलाई मर्यादित बनाउन सरकारले अझ धेरै काम गर्न जरुरी रहेको बताए । उनुभयो ।
महासचिव बस्नेतले नेपालमा ९ वटा ट्रेड यूनियनहरु श्रमको मुद्दामा एक रहेको भन्दै यसमा गैरसरकारी संघसंस्थाहरु पनि एकतावद्ध हुन आवश्यक रहेको धारणा राखे । उनले एकापसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने तर कामदारको मुद्धामा सवैको सामुहिक आवाज एक हुनुपर्ने विचार प्रकट गरे ।
कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल(एनएनएसएम) का अध्यक्ष कुल प्रसाद कार्कीले वैदेशिक रोजगारलाई मर्यादित र उपलव्धीमूलक बनाउन आफूहरुले पनि एकिकृत ढंगमा नै काम गरिरहेको प्रष्ट्याए । उनले यसका लागि गैरसरकारी संस्थाहरु वीच मात्र नभई संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र तथा सञ्जालवीच पनि सहकार्य सुरु गरिएको स्मरण गरे । सरकार, ट्रेड यूनियनहरु, गैरसरकारी संस्थाहरु, रोजगारदाताहरु मिलेर नै ग्लोवल कम्प्याक्ट फर माइग्रेसन(जिसिएम) को लक्ष्य हासिल गर्न सकिने उनको भनाई थियो । उनले सञ्जाल सदैव जेटीयूसीसीसँग हातमा हात तथा काँधमा काँध मिलाएर अगाडी बढ्न तयार रहेको प्रतिवद्दता पनि जनाए ।
जिफन्टका महासचिव जनक चौधरीले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तथा श्रमिकका लागि उपलव्धीमूलक बनाउन महासंघले झण्डै तीन दशकदेखि काम गरिरहेको बताए । उनले यस क्षेत्रमा कृयाशिल सवैको सहकार्यमा श्रमिकको जीवनलाई उन्नत बनाउन र रोजगारीलाई मर्यादित बनाउन सकिने धारणा राखे ।
कार्यक्रममा एमआरए परियोजनाका नेपाल संयोजक सुनिल न्यौपानेले एमआरएको डिजिटल प्लेटफर्म, हालसम्म गरिएका कामहरु तथा आइपरेका समस्याहरुका बारेमा प्रस्तुती राखे । कार्यक्रमका सहभागिहरुले यसमा गर्नुपर्ने सुधार तथा अपनाउनु पर्ने सचेतनाका विषयमा सुझाव दिएका थिए ।
माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) अन्तर्गत सन् २०१६ देखि धधध।चभअचगष्तmभलतबमखष्कयच।यचन वेभसाईट सञ्चालनमा छ । विभिन्न भाषामा रहेको यो वेभसाईटमा नेपाली पेजका लागि भनें धधध।चभअचगष्तmभलतबमखष्कयच।यचनरलभ रहेको छ । यो वेभसाईट जिफन्ट, आइटीयूसी तथा आइएलओको साझेदारीमा सञ्चालन गरिएको हो । यसमा वैदेशिक रोजगारमा गएका वा जाने प्रकृया पूरा गरिसके श्रमिकले सो मेनपावर कम्पनीले दिएको सेवाका आधारमा त्यसको मूल्याङ्कन गर्ने गर्दछन् । श्रमिककै मूल्याङ्कनका आधारमा मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने गरेको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया