काठमाडौं, । आफ्ना सामाजिक काम र अतितसहित राजसंस्थाका पारिवारिक सदस्य वैचारिक रूपमा पनि खुल्न थालेका छन् । यहि क्रममा आइतबार पूर्वयुवराज्ञी हिमानी शाह छोरी पूर्णिकासहित हिमानी ट्रष्टको पत्रकार सम्मेलनमा उपस्थित भइन् ।
सो क्रममा कोषका सल्लाहकार तथा पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवमा अवसरमा यसै महिना प्रकाशनमा ल्याएको संदेश संग्रहको औपचारिक विमोचन गर्दै हिमानीले सो पुस्तकको रकम समाज सेवामा लगाउने घोषणा गरिन् ।
कोषले प्राप्त गरेको ५०० प्रति पुस्तक विक्रिबाट उठेको रकम दैवी प्रकोप कोष स्थापना गरी उद्दारका लागि खर्च गरिने हिमानीले बताइन् । हर्षित मुद्रामा देखिएकी हिमानीले भनिन्,‘अब दैवी प्रकोप उद्दार कोष खडा गरी ट्रष्टले अझ प्रभावकारी ढंगले काम गर्नेछ ।’
उक्त पुस्तकमा आफू राजा भएपछि ०६३ सालसम्म सरकारी, औपचारिक र अनौपचारिक हिसाबमा गरेका निर्णयलगायत कतिपय घटना क्रमलाई पूर्वराजाले संग्रहका रुपमा उतारेका छन् ।