
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
विश्वकै लोकप्रिय खेल फुटबलको महाकुम्भ मानिने विश्वकप यस पटक बिहीबार मध्यरातिदेखि सुरु हुँदै छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने यो प्रतियोगितालाई लिएर अहिले संसारभर उत्साह छाएको छ । नेपालमा पनि फुटबलको ज्वरोले समर्थकहरु रन्किएका छन् । समर्थकहरु आआफ्नो मनपर्ने टिमको जर्सी खरिद गर्न र खेल हेर्ने योजना बनाउन व्यस्त देखिन्छन् । होटल र रेस्टुरेन्टहरुले पनि यस अवसरमा विशेष कार्यक्रमहरु ल्याएका छन् ।
फुटबल इतिहासमा पहिलो पटक तीनवटा देशले मिलेर विश्वकप आयोजना गर्न लागेका हुन् । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले मात्र संयुक्त रुपमा यो प्रतियोगिता सञ्चालन गरेका थिए । यस पटकको विश्वकपमा ४८ टिमले भाग लिँदै छन् । यो संख्या विगतको तुलनामा १६ ले बढी हो । प्रतियोगितामा केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डनले पहिलो पटक खेल्दै छन् । खेल संख्या बढेकाले यस पटक इतिहासमै सबैभन्दा बढी १०४ खेल हुने छन् ।
प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा मेक्सिकोको प्रख्यात ‘एस्टाडियो एज्टेका’ रंगशालामा हुने छ । उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्ने छन् । ३९ दिन चल्ने यो महोत्सवको फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने छ । उक्त अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेतालाई ट्रफी दिने छन् । विश्वको कुल जनसंख्याको ५८ प्रतिशतले यो खेल हेर्ने अनुमान गरिएको छ ।
यो विश्वकपका धेरै खेलहरु अमेरिकामा हुने छन् । कुल १०४ खेलमध्ये ७६ खेल अमेरिकाका ११ सहरमा सञ्चालन हुने तय भएको छ । जसमा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल जस्ता महत्वपूर्ण खेल समावेश छन् । मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टरेरी र गुवाडालाजारामा १३ खेल हुने छन् । क्यानडाको टोरन्टो र भानकुभर सहरमा पनि १३ खेल नै खेलाइने छ । मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको छ भने अमेरिकाले सन् १९९४ मा यो अवसर पाएको थियो । क्यानडाका लागि भने यो पहिलो अनुभव हो ।
उपाधि दाबेदारका रुपमा यस पटक स्पेन र फ्रान्सलाई अग्रपंक्तिमा राखिएको छ । साविक विजेता अर्जेन्टिना र बेलायत पनि मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यस्तै जर्मनी, पोर्चुगल, ब्राजिल र नेदरल्यान्ड्सलाई पनि उपाधि जित्न सक्ने टिमका रुपमा हेरिएको छ । मैदानमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको प्रदर्शन फेरि पनि मुख्य चर्चाको विषय बन्ने छ । यी दुवै महान् खेलाडी छैटौं पटक विश्वकप खेल्ने तयारीमा छन् । उनीहरुका लागि यो अन्तिम विश्वकप हुने भएकाले समर्थकहरुका लागि यो क्षण भावनात्मक हुने छ । यस्तै नेमार, किलियन एमबापे, लामिने यमाल र मोहम्मद सलाहजस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ ।
केही उत्कृष्ट खेलाडी भने यस पटक मैदानमा देखिने छैनन् । चोट वा आफ्नो टिम छनोट नभएका कारण रोबर्ट लेवान्डोस्की, पाउलो डिबाला, फिल फोडेन र कोल पाल्मरजस्ता खेलाडी दर्शकमा सीमित भएका छन् । यसैगरी ब्राजिलका रोड्रिगो र इडर मिलिटाओ, जर्मनीका सर्जी गाब्री तथा हङ्गेरीका डोमिनिक सोबोस्लाई पनि यो प्रतियोगितामा सहभागी छैनन् ।
विश्वकपमा केही चुनौतीहरु पनि देखिएका छन् । कूटनीतिक चिसोपना, महँगो टिकट र इरानसँगको तनावले आयोजनामा केही जटिलता थपेको छ । यस्तै यात्रा प्रतिबन्ध, कडा आप्रवासन नीति र अत्यधिक गर्मी पनि चुनौतीका रुपमा रहेका छन् । सन् २०३० को विश्वकप आयोजक पोर्चुगल, स्पेन र मोरेक्कोले यस पटकको व्यवस्थापनलाई नजिकबाट नियाल्ने छन् । यस वर्षको पुरस्कार राशि पनि निकै आकर्षक छ । कुल ६५५ मिलियन डलर पुरस्कार तोकिएको छ, जुन कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो । यस पटकको च्याम्पियनले ५० मिलियन डलर पुरस्कार पाउने छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया