
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
अजय मिश्र, कपिलवस्तु । भन्सार कार्यालय कृष्णानगरले ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस एक कार्यक्रम गरि मनाएको छ।७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई सम्मान गरेको छ । बढी राजस्व बुझाएर राज्यको आम्दानी वृद्धिमा योगदान र्पुयाएको भन्दै कपिलवस्तुको बिजया स्टील प्रालि र दाङको सम्राट सिमेन्ट प्रालिलाई प्रशंसा पत्रसहित एक भब्य कार्यक्रका विच आज सोमवार सम्मान गरिएको छ ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिजया स्टील प्रालिले ५४ करोड ७७ लाख रुपैयाँ र सम्राट सिमेन्ट प्रालिले ४४ करोड ८६ लाख रुपैयाँ भन्सार राजस्व बुझाएको उल्लेख गर्दै दुबै उद्योगको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
प्रजिअ गौतमले भन्सार प्रणाली क्रमशः प्रविधिमैत्री बन्दै गएकाले व्यवसाय गर्न सहज वातावरण सिर्जना हुँदै गएको बताएका छन् । “सबैले वैध तरिकाबाट मालसामान आयात गरी भन्सार तिरे राज्यको राजस्व बढ्नुका साथै व्यापारी र आम नागरिक सबैलाई फाइदा हुने गौतमले बताएका छन्
खुला सिमानाका कारण हुने तस्करीले राज्यको राजस्वमा गम्भीर असर पार्ने भन्दै उनले त्यसको नियन्त्रणका लागि सरकार, व्यापारी र नागरिक सबैको सहकार्य आवश्यक रहेको बताउदै भन्सार कार्यालयले सेवा–सुविधा सुधार गर्दै लगेकाले अब कारोबार अझ पारदर्शी र प्रभावकारी बन्दै जाने प्रजिय जनार्दन गौतमले बताए ।कार्यक्रममा भन्सारलाई सहयोग र्पुयाउने भन्सार एजेन्ट, कर्मचारी तथा आधा दर्जनभन्दा बढी संघ–संस्थालाई पनि सम्मान गरिएको छ ।
सो अवसरमा कृष्णनगर भन्सार प्रमुख फणिन्द्र खतिवडाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५१ करोड ५९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । लक्ष्यको ८६ प्रतिशतभन्दा बढी राजस्व संकलन भइसकेको र बाँकी अवधिमा वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यक्त गरका छन् ।
उनले भन्सार विभागले ल्याएको छैटौँ सुधार कार्यक्रम कार्यान्वयनमा रहेकाले आगामी दिनमा भन्सार सेवा अझ सरल, छरितो र प्रभावकारी हुने बताए ।कार्यक्रममा व्यापारी प्रेमशंकर शुक्लाले भन्सार र व्यापारीबीच थप समन्वय आवश्यक रहेको उल्लेख गर्दै व्यापारीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कृष्णप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, शिवराज ओझालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी लगायत व्यापारी, भन्सार कर्मचारी, पत्रकार, स्थानीय लगायतको उपस्थित रहेको भन्सार कार्यालय कृष्णानगरका सूचना अधिकारी मयंक कर्णले जानकारी दिएका छन्।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया