
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत ।“कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” भन्ने मूल नाराका साथ पर्वतमा ७३औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ।
दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश अस्पताल पर्वतका कन्सल्टेन्ट फिजिसियन डा. मिलन अवाले नेपालमा कुष्ठरोगको वर्तमान अवस्था, यसको संक्रमण, उपचार तथा निवारणका विषयमा जानकारी गराउनुभयो।
डा. अवालेका अनुसार नेपालले २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको घोषणा गरेको थियो। प्रति दश हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी रहेको आधारमा नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरिएको हो। तथापि, तराईका केही जिल्ला तथा पहाडी क्षेत्रमा अझै पनि कुष्ठरोगी भेटिने गरेको उहाँले बताउनुभयो।
पर्वत जिल्लाको तथ्यांक हेर्दा पछिल्ला वर्षहरूमा कुष्ठरोगीको संख्या घट्दै गएको देखिएको छ। यो रोग मानिसबाट मानिसमा श्वास–प्रश्वास (Droplet Infection) तथा सिधा सम्पर्कबाट सर्ने गर्दछ। हालसम्म यो रोग अन्य जनावरमा सरेको प्रमाण नपाइएको जानकारी दिइएको छ।
रोगको प्रारम्भिक चरणमै पहिचान गरी बहुऔषधि उपचार (Multi Drug Treatment – MDT) गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने, अपाङ्गता नहुने र अरूलाई संक्रमण नहुने डा. अवालेले स्पष्ट पार्नुभयो।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ४ जना कुष्ठरोगी फेला परेका थिए भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म २ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले कुष्ठरोगीप्रति समाजमा अझै पनि नकारात्मक दृष्टिकोण रहेको उल्लेख गर्नुभयो। सामाजिक लाञ्छना र विभेदका कारण कतिपय संक्रमित व्यक्तिहरूले रोग लुकाएर बस्ने गरेको बताउँदै उहाँले कुष्ठरोगीहरूप्रति सम्मानजनक व्यवहार गर्न सबैलाई आग्रह गर्नुभयो।
जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटा लगायत जिल्लामा क्रियाशील पत्रकारहरू तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कुष्ठरोग फोकल पर्सन तेजप्रसाद सुवेदीले राख्नुभएको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया