
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत लायन्स क्लब अफ पर्वत मोदिकालीको आयोजनामा कुश्मा नगरपालिका–३ दुर्लुङ्गमा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
स्थानीय समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि र सेवा प्रवाहलाई प्राथमिकता दिँदै आयोजना गरिएको शिविरबाट २९६ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा सहभागी सर्वसाधारणको सामान्य स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक निःशुल्क औषधि वितरण गरिएको छ । शिविरका क्रममा १३२ जनाको मधुमेह (सुगर) परीक्षण तथा ४२ जनाको ईसीजी परीक्षण गरिएको आयोजकले जनाएको छ । ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
शिविरमा धौलागिरी प्रदेश अस्पतालका कन्सल्टेन्ट चिकित्सक डा. शेषकान्त लामिछाने र प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढुन्डीराज पौडेलको सक्रिय सहभागिता रहेको थियो । चिकित्सक टोलीले स्वास्थ्य परामर्श, रोग पहिचान तथा आवश्यक उपचारबारे परामर्श प्रदान गरेका थिए । स्थानीय बासिन्दाले यस्तो सेवाले समय र खर्च दुवै बचत भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सफल बनाउन डिष्ट्रिक्ट गभर्नर एम.जे.एफ दुर्गा प्रसाद हुमागाईंको विशेष उपस्थिति र मार्गदर्शन रहेको थियो । साथै विभिन्न लायन लिडरहरू, औषधि उत्पादन कम्पनीहरू, कुश्मा नगरपालिका–३ का वडाध्यक्ष, तथा कार्यक्रमको समन्वय र उपकरण सहयोग गर्ने पर्वत मेडिकल हलको महत्वपूर्ण योगदान रहेको आयोजक लायन्स क्लब अफ पर्वत मोदिकालीका अध्यक्ष प्रकाश कर्माचार्यले बताए ।
लायन्स क्लब अफ पर्वत मोदिकालीका पदाधिकारीहरूले स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममार्फत समुदायमा स्वास्थ्यप्रति सचेतना बढ्नुका साथै समयमै रोग पहिचान र उपचारमा सहयोग पुगेको बताइएको छ ।कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण लायन मित्रहरू, स्वास्थ्यकर्मी, स्वयंसेवक, प्रायोजक संस्था तथा स्थानीय समुदायप्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
साझेदारी


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया