News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार स्वास्थ्य शिक्षा

    प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर

    मिनराज अबिरल पर्वत ।प्रदेश अस्पताल, कुश्मा, पर्वतले पछिल्लो समय स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सेवाविस्तारमा उल्लेखनीय प्रगति गर्न थालेको छ। अस्पतालका कार्यालय निमित प्रमुख, मेडिकल सुपरिटेण्डेन्ट तथा कार्यक्रम प्रमुखको जिम्मेवारी डा. ढुण्डिराज पौडेलले सम्हालेपछि अस्पतालको समग्र सेवा प्रवाह, व्यवस्थापन र उपचार क्षमतामा सकारात्मक परिवर्तन देखिन थालेको हो।

    डा. पौडेलको नेतृत्वमा प्रसूति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ (Pediatric), MDGP, एनेस्थेसिया विशेषज्ञ लगायतका चिकित्सकहरू, (Medical Officer), प्यारामेडिक्स, नर्सिङ स्टाफ, प्रशासन तथा सम्पुर्ण कर्मचारीको सामुहिक प्रयत्न र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा अस्पतालले सेवा विस्तार र सुदृढीकरणलाई तीव्रता दिएको छ।

    अस्पतालमा हाडजोर्नी, नशारोग, प्रसूति, बालरोग, आकस्मिक तथा नियमित ओ.पि.डी. सेवा निरन्तर रूपमा उपलब्ध हुँदै आएको छ भने जटिल शल्यक्रियाहरू समेत सफलतापूर्वक सम्पन्न भइरहेका छन्। यसले जिल्लाबासीलाई आफ्नै स्थानमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको छ।

    स्थानीय सेवाग्राहीहरूका अनुसार विगतमा बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ। समय, खर्च र जोखिम कम भएको उनीहरूको अनुभव छ।

    अस्पताल प्रशासनका अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवा, आवश्यक उपकरण तथा पूर्वाधार विकास गर्दै प्रदेश अस्पताल, कुश्मालाई अझ प्रभावकारी, विश्वासिलो र नमूना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया