
१लायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा, पर्यटन प्रर्वद्धनमा विश्वास
२“वडा खेलकुद महोत्सवमा खेलको उत्सव फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”
३पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
४युवा सञ्जाल पर्वतले जिल्लाका ६१ वटै वडामा शाखा कार्यालय खोल्ने
५सहकारीलाई कोपोमिसमा अद्यावधिक हुन कुश्मा नगरपालिकाको निर्देशन
६पर्वतमा पशु बधशाला तथा मासु जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
७प्रतिनिधिसभा सदस्यमा पर्वतबाट १७ जनाको उम्मेदवारी दर्ता
८सबैभन्दा बढी रुपन्देहीमा उम्मेदवार, मुस्ताङ र मनाङमा कम
९एलायन्स क्लव,अब पोखरामा पनि
१०पर्वत जिल्लामा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण
११शिवालय माध्यमिक विद्यालय र जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुका लागि ५ दिने क्रिकेट तालिम आजबाट शुरु
१२अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले उचाल्यो
१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
६प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
७आठौ पर्बत महोत्सब: फलेबास नगरपालिकालाई हराउदै कुश्मा नगरपालिकालाई तृतीय स्थान
८विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
९नवनियुक्त प्रजिअ पौडेलद्वारा पत्रकारसँग साक्षात्कार: ‘निर्वाचनका लागि सकारात्मक सन्देश फैलाउनुस्’
१०आठौ पर्बत महोत्सब: पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका बिजयी
११आठौ पर्बत महोत्सब: जैमिनी नगरपालिका, फलेबास नगरपालिका र कुश्मा गंगटे बिजयी
१२आठौ पर्बत महोत्सब: गलकोट सुजाता होटल र बिरुवा गाउँपालिका स्याङ्गजा फाईनलमा प्रबेश
गोबिन्द रिजाल,पर्बत। पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालय,चुवाले उचालेको छ । सशस्त्र प्रहरीको खेलमैदानमा आयोजना भएको फाइनल खेलमा मङ्गोलदय मा बि ले आइबल एकेडेमीलाई ९ विकेटले जित्दै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइबल एकेडेमी १४.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ३४ रन बनाउन सफल भएको थियो।
आइबल एकेडेमीलाई सस्तैमा समेट्ने क्रममा मङ्गोलदयका सुजल गिरीले ४, सिर्जित पौडेलले ३ र प्रवेश भण्डारीले २ विकेट लिन सफल भएका थिए। आइबलको लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सफल भएनन्। ३५ रनको झिनो लक्ष्य पाएको मङ्गोलदयले ४.५ ओभरमा एक विकेट गुमाएर जित हासिल गर्दै उपाधि जित्न सफल भएको हो। मङ्गोलदयको लागि रोहित पोखरेलले अविजित १८ रन बनाउन सफल भएका थिए।

उपाधि जित्दै मङ्गोलदय मा बि ले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने त्यसैगरी द्वितीय स्थानमा चित्त बुझाउनु परेको आईबल एकेडमीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट बलिङ गरेका मङ्गोलदयका सुजल गिरी म्यान अफ द फाइनल घोषित भए। पर्वत क्रिकेट सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत ग्रासरुट क्रिकेटको विकासको लागि अब खेल्ने छ पर्वत उद्देश्यका साथ पुष १२ गते देखि १९ गतेसम्म सञ्चालन भएको पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिता २०८२ मा पर्वत जिल्लाका १४ वटा स्कुलहरूले सहभागिता जनाएका थिए।

पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको समापन तथा ट्रफी वितरण कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेको प्रमुख अतिथि रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक सङ्घका अध्यक्ष संजयका सिग्देल , सशस्त्र प्रहरी बल न २५ हे क्वा चण्डीकाका केशव पौडेलको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला खेलकुद विकास समिति पर्वतका उपाध्यक्ष राजन गुरुङ, सदस्य सन्तोष पौडेल, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल, प्रदेश अस्पताल पर्वतका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरी, गण्डकी विद्यालय खेलकुद सङ्घका सदस्य इन्द्रप्रसाद शर्मा , गण्डकी प्रादेशिक क्रिकेट टिमका मुख्य प्रशिक्षक रिजन पर्जु, गण्डकी प्रादेशिक महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक दिपेश खत्री लगायतको उपस्थिति थियो।


१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने

प्रतिक्रिया