
पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको शुक्रवार सम्पन्न बैठकले रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । प्रतियोगितामा सातवटै पालिकामा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा उत्कृष्ट बनेका खेलाडीहरु सहभागि हुने भएका छन् ।
भलिबल, दौड, एथलेटिक्स, कबड्डी, कराँते, तेक्वाण्डो, लगायतका खेलहरु रनिङ्ग शिल्डमा समावेश गरिएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष बुद्ध पुनका अनुसार बैठकले पर्वतमा जन्मेर अन्तर्राष्ट्रिय खेलमा सहभागि भई विभिन्न पदक प्राप्त गरेका खेलाडीहरुलाई सम्मान समेत गर्ने निर्णय गरेको छ ।
यसैगरी वैठकले सम्मान गर्ने खेलाडीहरुका विवरण संकलनका लागि विभन्न व्यक्तलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।जस अन्तर्गत राजन गुरुङको संयोजकत्वमा सह संयोजक सपना पुर्जा पुन, विष्णुप्रसाद नेवार, राम श्रेष्ठ, रमेश श्रेष्ठ, लक्ष्मणकुमार श्रेष्ठ, राम पुन, भरत कुमार श्रेष्ठ र मिनबहादुर पुन रहेको उपसमिति गठन गरेको हो ।
त्यसैगरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा संचालन हुने विभिन्न खेलहरुका लागि छुट्टाछुट्टै संयोजक समेत तोकिएको छ । जस अन्तर्गत एथलेटिक्स संयोजकमा राजन गुरुङ, भलिबलमा अम्बर पुन, कबड्डीको लागि सन्तोष पौडेल, कराँते जंंगबहादुर पुन र तेक्वान्दो संयोजकमा गंगाबहादुर गुरुङलाई संंयोजक तोकिएको छ ।
यसैगरी बैठकले विवाद समस्या समाधान समिति रहेको गठन गरिएको छ । खेलमा कुनै समस्या वा विवाद आएमा समाधानका लागि शिक्षा विकास समन्वय इकाई प्रमुख मतिलाल चपाईको संंयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रहनेगरी समिति निर्माण गरिएको छ ।

















