SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/९/३ गते
    ३५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको लागि खेलाडी तथा टिम दर्ता बिहीबारबाट सुरु भएको छ । पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पौष ६ गतेसम्म दर्ता जारी रहने भन्दै शनिबार समेत दर्ता गर्न सकिने बताएका छन् ।

    बिहीबार प्रतियोगिताको तयारीका लागि पोखरा महानगर खेलकुद विकास समितिले प्राविधिक उपसमिति र विद्यालयका खेल शिक्षकसँग राखेको छलफल कार्यक्रममा बोल्दै शिक्षा अधिकृत भण्डारीले दर्ता गर्ने क्रममा जन्ममिति ढाटेर ल्याउने गरेमा कारवाही गरिने बताए । विगतमा यस्ता खालका कार्य भएको पाइएको भन्दै यसपालि यसमा कडाइ गरिने उनले प्रष्ट पारे ।

    सहभागी विद्यार्थीको विवरणमा विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’ उल्लेख गर्न शिक्षा अधिकृत भण्डारीले आग्रह गरेका छन् । टिम गेममा पनि हरेक खेलाडीको छुट्टाछुट्टै फाराम भर्न उनले अनुरोध गरेका छन् । सबैको उपस्थितिमा पौष ७ गते टाइसिट बनाउने र ८ गते पत्रिका मार्फत सार्वजनिक गर्ने उनले खुलाएका छन् । विगतमा समेत फर्जी गर्नेलाई कारवाही गरिएको भन्दै यसपालि फर्जी गरेको पाइएका एक वर्ष खेल्न नदिने लगायतका कारवाही गरिने उनले प्रष्ट पारेका छन् । गलत संस्कार बस्न नदिनका लागि सबै चनाखो हुनुपर्नेमा उनको जोड छ । उनले पोखरा महानगरमा रहेका १ सय ६० संस्थागत र ८० सामुदायिक गरेर कुल २ सय ४० विद्यालय रहेको भन्दै ती विद्यालय मध्येबाट प्रतियोगितामा सहभागी बन्ने जनाए ।

    पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा पोखरा महानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका १८ वर्ष भित्रका उमेर समुहका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले इमानदारिताका साथ विद्यार्थीलाई सहभागी गराउन खेल शिक्षकसँग आग्रह गरे । आफूहरू सँधै सत्यको पक्षमा हुने भएकोले खेलाडी अनुशासनबारे ध्यान दिन आग्रह गरे । प्रतियोगिता सञ्चालनको समयमा केही गुनासो वा उजुरी भएमा सम्बन्धित ठाउँमा राख्न उनको अनुरोध छ। सबैको सहयोगमा प्रतियोगिता सफल हुने विश्वास उनको छ । सबैको मेहनतका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै पदक ल्याउन पोखरा महानगर सफल भएको भन्दै उनले राष्ट्रपति इनिङ्ग शिल्डमा प्रदेशमा पहिलो भइसकेको भएकोले अब केन्द्रमा हुने गरी अगाडि बढ्ने बताए । केन्द्रको रनिङशिल्ड माथि कब्जा गर्ने योजनाका साथ तयारी सुरु गरिएको भन्दै यसमा सबैको साथ आवश्यक पर्ने औँल्याए ।

    छलफलमा सहभागी खेल शिक्षकहरूले विभिन्न जिज्ञाशा राखेका थिए । उनीहरुका जिज्ञासा र परिवर्तित नियमको बारेमा प्राविधिक उपसमिति संयोजक राजन पौडेल, सहसंयोजक सिद्धान्त अधिकारी लगायतले जानकारी गराए ।

    छलफल कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए । टीम तथा खेलाडी दर्ता निस्शुल्क हुनेछ । एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधा मध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम लगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकालाई पालना गर्न पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै

    पर्वत । विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि जिल्ला व्यापी रूपमा अन्तर...

    दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र...

    पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु

    पोखरा। पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय...

    हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

    हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ...

    दोभान कप जारी दोस्रो दिन ५ खेल सम्पन्न

    पोखरा ।दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं