SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/९/२ गते
    ३७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहिलो खेलमा न्यू स्टारले गगनगौडालाई २–० गोलअन्तरले हराउन सफल भएको छ ।

    स्रो खेलमा बौद्ध शान्ति क्लब रामघाटले खेम माइला क्लबलाई २–० ले पाखा लगायो । तेस्रो खेलमा आयोजक दोभान क्लबलाई मुलमिलले टाइब्रेकरमा ४–३ ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको छ ।

    चौथो खेलमा रामघाटले म्याग्दीलाई ३–० ले हराउँदा अन्तिम खेलमा धारापानीले डाडाँपाखालाई टाइब्रेकरमा ५–४ ले हराउन सफल भयो । २४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

    हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ...

    दोभान कप जारी दोस्रो दिन ५ खेल सम्पन्न

    पोखरा ।दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा...

    स्वधर्म माबिको वार्षिकोत्सब सम्पन्न,पाण्डेयद्वारा पुरस्कार सौजन्य गर्ने घोषणा

    पर्वत । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का...

    “आठौ पर्वत महोत्सवमा तयारी तीब्र”

    पर्वत । “गण्डकी प्रदेश स्तरीय आठौ पर्वत महोत्सवको दिन नजिकिदै छ । यतिवेला सवैजसो तयारीहरु...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं