
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको सेवामा क्रियाशील तथा साधनारत स्रष्टा सर्जकहरुलाई समर्पण गरिने विभिन्न ९ पुरस्कार समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रम कुश्मामा
आयोजित एक कार्यक्रमका बीच भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षता र फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न स्रष्टा पुरस्कार तथा सम्मान कार्यक्रममा वर्ष २०८२ का लागि साहित्य सर्जक एवम् शैक्षिक अभियन्ता राजेन्द्र पहाडी पर्वतलाई पर्वत साहित्य संगम पुरस्कार, मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, अजय मिलन श्रेष्ठ म्याग्दीलाई
डिल्ली–राधा साहित्य पुरस्कार, गोविन्दप्रसाद भुषाल पर्वतलाई मान–पदम स्मृति साहित्य पुरस्कार, सरस्वती शर्मा जिज्ञासुलाई संस्कृति साहित्य पुरस्कार, लक्ष्मीप्रसाद शर्मा पर्वतलाई गोपि–नन्द स्मृति साहित्य पुरस्कार, जगन्नाथप्रसाद शर्मा लम्साल पर्वतलाई कृष्णा–उद्योग साहित्य पुरस्कार, मछिन्द्रप्रसाद शाक्य बाग्लुङलाई अरनिकोी भद्र दिलकुमारी ललितकला पुरस्कार तथा सुशिलबाबु थकाली अनुरागी
मुस्ताङ्गलाई बलबहादुर–केशकुमारी साहित्य पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरिएको हो ।
स्रष्टा सम्मान कार्यक्रममा अक्षयकोषदाता, प्रमुख अतिथि र सङ्गम अध्यक्षले दोसल्ला,नगद पुरस्कार र सम्मानपत्रले सम्मान गनुभएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले हामी सबै समाज सेवामा लाग्नु पर्छ भन्दै पर्वत साहित्य सङ्गमले अक्षयकोष मार्फत धेरै स्रष्टा सम्मान गरि भाषा तथा साहित्य क्षेत्रमा ठुलो सेवा गरेकोमा आफुलाई खुसी लागेको भन्दै
आफुले पनि पर्वत साहित्य सङ्गममार्फत रु एकाउन्न हजार एक सय एघारको अक्षय कोष
स्थापना गर्ने घोषणा गनुभयो । सोही कार्यक्रममा सङ्गमका सल्लाहकार तथा सम्मानित
स्रष्टा गोविन्द प्रसाद भुसालले पनि एकाउन्न हजार एक सय राशीको जागेश्वर मणि
भुसाल स्मृति साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभयो । कार्यक्रममा
अक्षयकोषदाताको तर्फबाट यम प्रसाद शर्मा, म्याग्दीका सम्मानित स्रष्टा अजय मिलन
श्रेष्ठ, मुस्ताङ्गका सुशिलबाबु थकाली, गोविन्द प्रसाद भुसाल, सरस्वती शर्मा जिज्ञासु, सरल कवि
शान्तिनारायण श्रेष्ठलगायतले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा पर्वत साहित्य सङ्गमका पुर्व अध्यक्ष इन्द्रमान खत्रीको मुक्तक
सङ्ग्रह आमाहरु र निवर्तमान अध्यक्ष डिआर शर्माको लघुकथा संग्रह नदेखिने छालहरुको
लोकार्पण गरिएको थियो । संगमका उपाध्यक्ष गोकुल शर्माको संचालनमा भएको
कार्यक्रममा संस्थाका सदस्यद्वय सीता पौडेल र स्वइच्क्षा आचार्यले गीती स्वागत तथा
नमुना आवासीय मावि, कुश्माका कलाकार विद्यार्थीहरुले लोक नृत्य प्रस्तुत गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया