
खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको सेवामा क्रियाशील तथा साधनारत स्रष्टा सर्जकहरुलाई समर्पण गरिने विभिन्न ९ पुरस्कार समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रम कुश्मामा
आयोजित एक कार्यक्रमका बीच भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षता र फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न स्रष्टा पुरस्कार तथा सम्मान कार्यक्रममा वर्ष २०८२ का लागि साहित्य सर्जक एवम् शैक्षिक अभियन्ता राजेन्द्र पहाडी पर्वतलाई पर्वत साहित्य संगम पुरस्कार, मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, अजय मिलन श्रेष्ठ म्याग्दीलाई
डिल्ली–राधा साहित्य पुरस्कार, गोविन्दप्रसाद भुषाल पर्वतलाई मान–पदम स्मृति साहित्य पुरस्कार, सरस्वती शर्मा जिज्ञासुलाई संस्कृति साहित्य पुरस्कार, लक्ष्मीप्रसाद शर्मा पर्वतलाई गोपि–नन्द स्मृति साहित्य पुरस्कार, जगन्नाथप्रसाद शर्मा लम्साल पर्वतलाई कृष्णा–उद्योग साहित्य पुरस्कार, मछिन्द्रप्रसाद शाक्य बाग्लुङलाई अरनिकोी भद्र दिलकुमारी ललितकला पुरस्कार तथा सुशिलबाबु थकाली अनुरागी
मुस्ताङ्गलाई बलबहादुर–केशकुमारी साहित्य पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरिएको हो ।
स्रष्टा सम्मान कार्यक्रममा अक्षयकोषदाता, प्रमुख अतिथि र सङ्गम अध्यक्षले दोसल्ला,नगद पुरस्कार र सम्मानपत्रले सम्मान गनुभएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले हामी सबै समाज सेवामा लाग्नु पर्छ भन्दै पर्वत साहित्य सङ्गमले अक्षयकोष मार्फत धेरै स्रष्टा सम्मान गरि भाषा तथा साहित्य क्षेत्रमा ठुलो सेवा गरेकोमा आफुलाई खुसी लागेको भन्दै
आफुले पनि पर्वत साहित्य सङ्गममार्फत रु एकाउन्न हजार एक सय एघारको अक्षय कोष
स्थापना गर्ने घोषणा गनुभयो । सोही कार्यक्रममा सङ्गमका सल्लाहकार तथा सम्मानित
स्रष्टा गोविन्द प्रसाद भुसालले पनि एकाउन्न हजार एक सय राशीको जागेश्वर मणि
भुसाल स्मृति साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभयो । कार्यक्रममा
अक्षयकोषदाताको तर्फबाट यम प्रसाद शर्मा, म्याग्दीका सम्मानित स्रष्टा अजय मिलन
श्रेष्ठ, मुस्ताङ्गका सुशिलबाबु थकाली, गोविन्द प्रसाद भुसाल, सरस्वती शर्मा जिज्ञासु, सरल कवि
शान्तिनारायण श्रेष्ठलगायतले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा पर्वत साहित्य सङ्गमका पुर्व अध्यक्ष इन्द्रमान खत्रीको मुक्तक
सङ्ग्रह आमाहरु र निवर्तमान अध्यक्ष डिआर शर्माको लघुकथा संग्रह नदेखिने छालहरुको
लोकार्पण गरिएको थियो । संगमका उपाध्यक्ष गोकुल शर्माको संचालनमा भएको
कार्यक्रममा संस्थाका सदस्यद्वय सीता पौडेल र स्वइच्क्षा आचार्यले गीती स्वागत तथा
नमुना आवासीय मावि, कुश्माका कलाकार विद्यार्थीहरुले लोक नृत्य प्रस्तुत गरेका थिए ।

















