SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/८/४ गते
    ७४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला दिन प्रमुख अतिथिका रुपमा पुग्नुभएका प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्‍याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको उहाँले बताउनुभयो ।

    गाउँस्तरीय खेलकुदमार्फत् खेलाडीहरु छनौट गर्दै जिल्ला प्रदेश हुँदै केन्द्रमा अन्तिम प्रतिष्पर्धा हुने प्रक्रिया रहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुदको स्वरुप सुन्दर रहेको उहाँको भनाई छ । ‘गाउँ तहबाटै विद्यार्थीहरूले सहभागिता जनाउन पाउने भएकाले हजारौं विद्यार्थीहरू खेलकुदमा सहभागी हुने अवसर मिलेको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘यस प्रतियोगिताका कारण दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्दै आएको छ । स्थानीय खेलकुदको प्रवर्द्धन पनि यसको अर्को सकारात्मक पक्ष हो ।’

    यो प्रतियोगिताले युवा विद्यार्थीहरूमा जोश, जाँगर र आत्मबल थप्दै विद्यार्थी, गाउँबासी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ बनाउन पनि भूमिका खेलेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले खेलकुदमा युवा सहभागिताले किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धी जीवनशैलीमा संलग्न रहन र उनीहरूको शारीरिक स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो ।

    ‘सानै उमेरमा खेलकौशल हासिल गर्नाले व्यक्ति परिपक्व हुन्छ । अनि भविष्यमा सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उहाँले भन्नुभयो – ‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’

    शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराल लगायतले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं