SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/७/१७ गते
    १६९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रादेशिक अस्पताल पर्वतको छ्डके निरिक्षण गर्नुभएको छ । सोमबार मन्त्री पाठकले अस्पतालको ब्यवस्थापनको विषयमा छ्डने निरिक्षण गर्नुभएको हो । दिउँसो ३ बजेको समयमा अस्पताल प्रवेश गर्नुभएका मन्त्री पाठकले अस्पतालको फार्मेसी, ओपिडि, इमेरेन्जी तथा वार्डहरुको निरिक्षण गर्नुभएको हो ।

    मन्त्री पाठकले अस्पतालमा आएका विरामीहरुसंग सम्बाद गर्दै अस्पतालमा भोग्नु परेका परेका विरामीहरुका समस्याहरु उपचारको समय तथा ल्याव सेवाको प्रभावकारीताको विषयमा सोधखोज गर्नुभएको थियो । अस्पताल परिसरमा अकस्मात पुग्नु भएका मन्त्री पाठकले अस्पतालमा कार्यरत कर्मचारीहरुलाई सेवा प्रवाहलाई तुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको थियो । अस्पतालका कार्यरत कर्मचारीहरु तथा विशेषज्ञ डाक्टरहरुले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो ।

    अस्पतालमा पाइने निशुल्क औषधिहरु अस्पतालमा उपलब्ध भए नभएको विषयमा चासो ब्यक्त गर्नुभएका मन्त्री पाठकले औषधिको कमी नहुने गरी खरिद प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिनुभयो । मन्त्रालयको तर्फबाट आवश्यक जनशक्ति पठाउने काम आफूले गरेको भन्दै जनशक्तिको अभाव अस्पतालमा नभएको मन्त्री पाठकले सो अवसरमा बताउनुभएको थियो ।

    निरिक्षणमा आइपुग्नुभएका मन्त्री पाठकलाई अस्पतालमा कार्यरत कर्मचारीहरुले तत्कालै एम्बुलेन्स सेवा, औषधि खरिद तथा अन्य विषयमा जानकारी समेत गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं