SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/६/५ गते
    १९१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।निरन्तरको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा ८ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् ।

    विगत ३ दिन देखिको अविरल वर्षाका कारण ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका हुन् । हाल सम्म चित्र वहादुर गूरुङ, भद्रविर गूरुङ र हुकमत गूरुङ, मन प्रसाद गूरुङको घर गोठ र कुमार गुरुङको गोठ भत्किएको स्थानिय समाजसेवी रोशन गूरुङले जानकारी दिनुभयो ।

    घर गोठ भत्किए पनि कुनै मानविय क्षती भने भएको छैन । स्थानिय वासी समाज सेवी दर्शनसिंह घलेका अनुसार घरमा वस्ने सवै परिवारलाई अन्य सुरक्षित ठाउमा स्तान्तरण गरिएको छ । गाउको विचको वस्तीमा भिषण पहिरो जादा गाउवासीहर त्रसित वनेका छन् ।

    पहिरोले अन्य घरहरु पनी उच्च जोखिममा रहेका छन् । आजै प्रमुख जिल्ला अधिकारी , नगरप्रमुख , उपप्रमुख वडा अध्यक्ष लगायतको टोलिले स्थलगत अनुगमन गरि अस्थाइ वसोवासका लागि ५ वटा टेन्ट उपलब्ध गराएको वडा अध्यक्ष मन वहादुर कुवंरले जानकारी दिनुभयो ।

    पानी परिरहेकोले थप क्षति हुन नदिन स्थानीयलाई अन्यत्र बस्न अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं