SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/५/१९ गते
    ३८३ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा । पोखरेली गजलकार शिव त्रिपाठीको गजल गायन ‘घरको न घाटको पार्छ प्रेमले’ सार्वजनिक भएको छ। साहित्यका विभिन्न विधामा कलम चलाउन सफल त्रिपाठीको शब्द, संगीत र स्वर रहेको गजल शिव त्रिपाठी युट्युब च्यानलमा बिहिबार सार्वजनिक भएको हो । प्रेममा परेका जोडिको जीवनमा आउने उतार चढावलाई गजलका माध्यमबाट प्रस्तुत गरिएको छ। युवा पुस्ताले निकै रुचाउने अपेक्षा गरिएको सो गजल सार्वजनिक भएको केही घण्टामा नै लोकप्रिय बनेको छ ।

    पोखराको एच वाई डि रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको सो गजलको संगीत संयोजन केशवराज आचार्य र भिडियोको छायांकन तथा सम्पादन शशिधर वरालले गरेका हुन्।प्रेम भावका शब्द चयनमा माहिर त्रिपाठीका मन्दिर पनि हजुरलाई ,तिम्रो मेरो प्रेम यात्रा लगायतका दर्जनौ गीत चर्चित रहेका छन्।

    विभिन्न साहित्यिक संघ संस्थाबाट सम्मानित हुनुभएका त्रिपाठी प्राध्यापक हुनुहुन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं