SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/११ गते
    ३०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताएका छन् ।

    कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिएका थिए । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष कमरेडले दुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेता भन्छन् ।

    कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपतिबारे भएका कुराहरु सुनाउनुभयो’, स्रोतले भन्यो ।

    भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै ओलीले त्यसैबेला फेरि राजनीतिमा फर्कन नमिल्ने परिस्थिति जानकारीमा रहेको बताएका थिए ।

    ‘माधव नेपाललाई प्रस्ताव राखेँ । तर फर्केर फेरि राजनीतिमा आउन पाइँदैन भन्दै उहाँले मान्नुभएन’, प्रधानमन्त्री ओलीले यो कुरा माधव नेपालसँग समेत बुझ्न सकिने बताएका थिए । झलनाथ खनालले पनि माधव नेपालकै जस्तो जवाफ दिएको उनले बताए ।

    सक्रिय राजनीतिमा फर्कन नपाइने भनेरै माधव र झलनाथले राष्ट्रपति हुन नमानेको ओलीले बताए । ‘अब माधव नेपाल र झलनाथ खनालले बुझेको कुरा विद्याजीले नबुझ्ने भन्ने त हुँदैन’, ओलीले भने, ‘माधव भन्दा १० वर्ष कान्छो विद्याजीले बुझेरै जानुभयो ।’सक्रिय राजनीतिमा फर्कन नपाइने भएकैले विद्या भण्डारीलाई दोस्रोपटक पनि राष्ट्रपति बनाउन आफूले जोड गरेको ओलीले बताएका थिए ।

    ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ ‘विद्याजीलाई दोस्रोपटक बनाउने म क्याम्पेनियर हुँ । झलनाथजीले रहर गरेपनि मैले नै अर्को पाँच वर्ष हुन दिनुपर्छ भनेको थिएँ’, ओलीको भनाइ उदृत गर्दै अर्का केन्द्रीय सदस्यले भने ।

    तर अस्ति ३ असारमा बालुवाटार आएर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई तथ्यहीन आरोप लगाएको ओलीले नेताहरुलाई बताएका थिए । ‘थाहा छैन, कसले उकास्ने काम गरिरहेको छ’, ओलीले भने, ‘साँझ साढे ६ बजेदेखि साढे १० बजेसम्म कुरा गर्दा उहाँले मलाई अलोकप्रिय हुनुभयो भन्नुभयो । हाँकाहाँकी अब छोड्नुस् भन्नुभयो ।’

    तर भण्डारीले भनेजस्तो आफ्नो लोकप्रियता नघटेको र पार्टीलाई स्वीकार्य बनाउँदै लगेको तर्क ओलीले गरे । चर्को घेराबन्दी बीच पार्टीलाई एउटा पोजिसनमा पुर्‍याएको, देशीविदेशी शक्ति लगाएर सत्ताबाट हटाएको तीन वर्ष नपुग्दै एमालेलाई सबै दलहरुले स्वीकार्ने शक्ति बनाएको ओलीले बताएका थिए ।

    विद्या भण्डारीलाई आफूले दिएको जवाफ पनि ओलीले सुनाएका थिए । ‘नेतृत्व हस्तान्तरण भनेको राखेको ठाउँबाट झिकेर लैजाने कुरा होइन । मर्यादामा तपाईं (विद्या भण्डारी) माथि हो, तर तपाईं भन्दा धेरै सिनियर नेताहरु पार्टीमा हुनुहुन्छ’, विद्यालाई दिएको जवाफ ओलीले सुनाएका थिए, ‘अहिले शेरबहादुर देउवा किन बलियो हुनुहुन्छ भने उहाँलाई अरुले मानेका छन् । मैले छोड्दैमा तपाईंलाई अरुले छोड्छन् भन्ने छैन ।’

    केपी ओली र ईश्वर पोखरेलबीच नोकझोक : ईश्वरले भने- अब तपाईंले छोड्नुस् यसरी आफूले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण सम्भव नरहेको जवाफ दिएको ओलीले प्रष्ट पारे । सँगै, पार्टी केन्द्रीय कमिटीको निर्णय विपरीत हुनेगरी अब कुनै सम्झौता हुने सम्भावना पनि नरहेको ओलीले बताएका थिए । ‘अब उहाँसँग कुनै सम्झौता हुँदैन, पार्टी निर्णय कार्यान्वयनमा लाग्नूस्’ ओलीको निर्देशन थियो ।

    त्यो छलफलमा सहभागी केन्द्रीय सदस्य विष्णु रिजाल पनि पूर्वराष्ट्रपति भण्डारीसँग सम्झौता नहुने सन्देश नै पाएको बताउँछन् । ‘पार्टीले एउटा निर्णय गर्‍यो । हिजो साथीहरुले कुनै मत राखेको आधारमा टाढा बनाउने होइन । सम्झाउने, बुझाउने र पार्टी निर्णयको पक्षमा उभ्याउने काम गर्नुहोला भन्नुभयो’, रिजाल भन्छन् ।

    प्रधानमन्त्री ओलीले विद्या भण्डारीमाथि कुनै अन्याय नभएको तर्क पनि गरेका छन् । ‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन’ ओलीले भनेका थिए ।

    विद्या भण्डारीलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने निर्णयमा जम्मा तीन जना देखिएकाले पनि अब पार्टी निर्णयबारे हेरफेरको सम्भावना नरहेको ओलीको तर्क थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं