
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताएका छन् ।
कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिएका थिए । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष कमरेडले दुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेता भन्छन् ।
कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपतिबारे भएका कुराहरु सुनाउनुभयो’, स्रोतले भन्यो ।
भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै ओलीले त्यसैबेला फेरि राजनीतिमा फर्कन नमिल्ने परिस्थिति जानकारीमा रहेको बताएका थिए ।
‘माधव नेपाललाई प्रस्ताव राखेँ । तर फर्केर फेरि राजनीतिमा आउन पाइँदैन भन्दै उहाँले मान्नुभएन’, प्रधानमन्त्री ओलीले यो कुरा माधव नेपालसँग समेत बुझ्न सकिने बताएका थिए । झलनाथ खनालले पनि माधव नेपालकै जस्तो जवाफ दिएको उनले बताए ।
सक्रिय राजनीतिमा फर्कन नपाइने भनेरै माधव र झलनाथले राष्ट्रपति हुन नमानेको ओलीले बताए । ‘अब माधव नेपाल र झलनाथ खनालले बुझेको कुरा विद्याजीले नबुझ्ने भन्ने त हुँदैन’, ओलीले भने, ‘माधव भन्दा १० वर्ष कान्छो विद्याजीले बुझेरै जानुभयो ।’सक्रिय राजनीतिमा फर्कन नपाइने भएकैले विद्या भण्डारीलाई दोस्रोपटक पनि राष्ट्रपति बनाउन आफूले जोड गरेको ओलीले बताएका थिए ।
ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ ‘विद्याजीलाई दोस्रोपटक बनाउने म क्याम्पेनियर हुँ । झलनाथजीले रहर गरेपनि मैले नै अर्को पाँच वर्ष हुन दिनुपर्छ भनेको थिएँ’, ओलीको भनाइ उदृत गर्दै अर्का केन्द्रीय सदस्यले भने ।
तर अस्ति ३ असारमा बालुवाटार आएर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई तथ्यहीन आरोप लगाएको ओलीले नेताहरुलाई बताएका थिए । ‘थाहा छैन, कसले उकास्ने काम गरिरहेको छ’, ओलीले भने, ‘साँझ साढे ६ बजेदेखि साढे १० बजेसम्म कुरा गर्दा उहाँले मलाई अलोकप्रिय हुनुभयो भन्नुभयो । हाँकाहाँकी अब छोड्नुस् भन्नुभयो ।’
तर भण्डारीले भनेजस्तो आफ्नो लोकप्रियता नघटेको र पार्टीलाई स्वीकार्य बनाउँदै लगेको तर्क ओलीले गरे । चर्को घेराबन्दी बीच पार्टीलाई एउटा पोजिसनमा पुर्याएको, देशीविदेशी शक्ति लगाएर सत्ताबाट हटाएको तीन वर्ष नपुग्दै एमालेलाई सबै दलहरुले स्वीकार्ने शक्ति बनाएको ओलीले बताएका थिए ।
विद्या भण्डारीलाई आफूले दिएको जवाफ पनि ओलीले सुनाएका थिए । ‘नेतृत्व हस्तान्तरण भनेको राखेको ठाउँबाट झिकेर लैजाने कुरा होइन । मर्यादामा तपाईं (विद्या भण्डारी) माथि हो, तर तपाईं भन्दा धेरै सिनियर नेताहरु पार्टीमा हुनुहुन्छ’, विद्यालाई दिएको जवाफ ओलीले सुनाएका थिए, ‘अहिले शेरबहादुर देउवा किन बलियो हुनुहुन्छ भने उहाँलाई अरुले मानेका छन् । मैले छोड्दैमा तपाईंलाई अरुले छोड्छन् भन्ने छैन ।’
केपी ओली र ईश्वर पोखरेलबीच नोकझोक : ईश्वरले भने- अब तपाईंले छोड्नुस् यसरी आफूले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण सम्भव नरहेको जवाफ दिएको ओलीले प्रष्ट पारे । सँगै, पार्टी केन्द्रीय कमिटीको निर्णय विपरीत हुनेगरी अब कुनै सम्झौता हुने सम्भावना पनि नरहेको ओलीले बताएका थिए । ‘अब उहाँसँग कुनै सम्झौता हुँदैन, पार्टी निर्णय कार्यान्वयनमा लाग्नूस्’ ओलीको निर्देशन थियो ।
त्यो छलफलमा सहभागी केन्द्रीय सदस्य विष्णु रिजाल पनि पूर्वराष्ट्रपति भण्डारीसँग सम्झौता नहुने सन्देश नै पाएको बताउँछन् । ‘पार्टीले एउटा निर्णय गर्यो । हिजो साथीहरुले कुनै मत राखेको आधारमा टाढा बनाउने होइन । सम्झाउने, बुझाउने र पार्टी निर्णयको पक्षमा उभ्याउने काम गर्नुहोला भन्नुभयो’, रिजाल भन्छन् ।
प्रधानमन्त्री ओलीले विद्या भण्डारीमाथि कुनै अन्याय नभएको तर्क पनि गरेका छन् । ‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन’ ओलीले भनेका थिए ।
विद्या भण्डारीलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने निर्णयमा जम्मा तीन जना देखिएकाले पनि अब पार्टी निर्णयबारे हेरफेरको सम्भावना नरहेको ओलीको तर्क थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया