SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/११ गते
    ३४६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वतमा आवद्ध कलाकारहरुले “माइतीको सम्झना” बोलको मौलिक तिज गीत बजारमा ल्याएका छन् । उक्त गीतको एक कार्यक्रमकाबीच सनिबार कुश्मामा विमोचन गरिएको छ । गित Rc Paudel युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । परिवारका सदस्यबाट भोग्नुपरेका पीडाका कथा, तीजमा हुने रमझम र भेटघाटका कुरा, बाल्यकालका साथीहरुसँगको सम्झना र उनीहरुसँगको भेट, जागरिको लागि अरुको ठाउँमा रहँदाका बाध्यता लगायतका व्यवहारिक कुराहरु तीज गीतमा समेटीन्थे ।

    तर आजभोलिका सबै तीज गीतहरु परिवारका सदस्यहरुसँगै रहेर हेर्न र सुनन मिल्ने खालका छैनन् । ‘भाइरल’ वा ‘ट्रेन्ड’ मा आउन खोज्ने कलाकारहरुको अस्वभाविक चहानाका कारण गीतहरु ‘लज्जास्पद’ बनिरहेका छन् । पारिवारिक कथाले भरीने तीजका गीतमा ‘कामुकता’ को रस भरेर ‘भाइरल’ बन्न खोज्दा मौलिकता नै जोखिममा परिरहेको छ ।

    यही परिवेशबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भने आफ्नो मौलिकताको जगेर्नाका लागि गत वर्षको जस्तै पारिवारिक तीज गीत सार्वजनिक गरेको छ । पोहोरको तीजमा ‘काली पसम्ला’ तीज गीत सार्वजनिक गरेका पर्वतका कलाकाहरुले यस वर्ष संयुक्त रुपमा ‘माइतीको सम्झना’ सार्वजनिक गरेका हुन् ।

    गीतमा पुजा कार्की शर्मा, सरस्वती लामीछाने, शोभा परियार, देवी परियार, सलिना गुरुङ, र मञ्जु बिक को सामूहिक आवाज सुन्न सकिन्छ । यी गायिकाहरूको समर्पण र स्वरको मिठासले गीतलाई विशेष बनाएको छ । गीतका शब्दकार कृष्ण कँडेल हुन् भने संगीत संयोजन सन्तोष सुवेदीले गरेका छन् । दिवस थापा मगरको संयोजन तथा रेकर्डिङ र गोविन्द ओलीको मिक्सिङ तथा मास्टरिङले गीतलाई प्राविधिक रूपमा उच्च स्तरमा पुर्‍याएको छ ।

    भिडियो पक्षमा पनि यस गीतले उस्तै सशक्त प्रस्तुति दिएको छ । कलाकार अर्जुन थापा मगरको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा सोही गायिकाहरू—पुजा, सरस्वती, शोभा, देवी, सलिना र मञ्जु—कलात्मक रूपमा प्रस्तुत छन् । कमल एलेक्सको क्यामेरा, सम्पादन तथा रङ संयोजनले भिडियोको सौन्दर्यलाई थप उचाइमा पुर्‍याएको छ । भिडियोमा सन्दीप नेपालीले ध्वनि संयोजन गरेका छन् भने बिशाल कार्कीले मेकअप आर्टिस्टको भूमिका निर्वाह गरेका छन् ।

    गीत ‘माइतीको सम्झना’ ले माइतीघरको सम्झना, महिला संवेदना र पारिवारिक सम्बन्धको कथा भावुक ढंगले प्रस्तुत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं