
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। पर्वतको फलेवास नगरपालिका-६, देविस्थानमा अनिवार्य तथा निशुल्क शिक्षा, साइबर अपराध र घटना दर्ता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । देविस्थान सामुदायिक सिकाइ केन्द्रको आयोजनामा उक्त कार्यक्रम सोमबार सामुदायिक भवन देविस्थानमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले नगरपालिकाका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा जोड दिएको बताउनुभएको छ । साइबर अपराधका घटना रोकथाम गर्न र व्यक्तिगत घटना दर्तामा चेतना प्रबाह गर्न देविस्थान सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको कार्यक्रम महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्रीले सिकाइ केन्द्रले विगतदेखिनै सकारात्मक, रचनात्मक र अनुकरणीय कार्य संचालन गरेको बताउदै सिकाइ केन्द्रको कार्यको प्रशंसा व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यले राज्यबाट प्राप्त हुने सेवा सुबिधा प्राप्त गर्नका लागि सबैले आधारभूत शिक्षा हासिल गर्नुपर्ने र अनिवार्यरुपमा व्यक्तिगत घटना दर्ता गर्नुपर्ने बताउनुभयो ।बितदेखिनै देविस्थान सामुदायिक सिकाइ केन्द्रले समुदाय लक्षित विभिन्न शैक्षिक तथा सामाजिक कार्य गरेको बताउदै नगरबाट बजेट व्यवस्था हुन सकेमा थप रचनात्मक कार्य गर्न सकिने केन्द्रका अध्यक्ष सुरज कुमार श्रेष्ठले बताउनुभयो ।
सबै सरोकारवालाहरुको सकारात्मक साथ, सहयोगले सिकाइ केन्द्रले देविस्थानमा उल्लेखनीय काम गर्न सफल भएको देविस्थान सिकाई केन्द्रका परिचालक रिमा गुरुङ श्रेष्ठले बताउनुभयो । अनिवार्य र निशुल्क शिक्षाको बारेमा सचेत गराउन, साइबर अपराध सम्बन्ध जनचेतना फैलाउन र ग्रामीण भेगका नागरिकलाई घटना दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी गराउन जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा फलेवास-६, देविस्थानका वडा सदस्य अर्जुन प्रसाद श्रेष्ठ, पुर्व वडा अध्यक्ष तथा देविस्थान सामुदायिक सिकाइ केन्द्रका सदस्य भोलानाथ भुसाल, वडा सहायक उत्तमराज घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यले अनिवार्य तथा निशुल्क शिक्षा, फलेवास राहाले प्रहरी चौकीका इन्चार्ज सागर डुम्रेले साइबर अपराध र फलेवास नगरपालिका-६, देविस्थानका वडा सचिव गंगा प्रसाद सापकोटाले जन्म, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराइ र मृत्युका घटना दर्ता सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रममा सरोकारवाला व्यक्तिहरुको सहभागीता रहेको थियोे ।
देविस्थान सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुरज कुमार श्रेष्ठको अध्यक्षता, सिकाइ केन्द्रकी परिचालक रिमा गुरुङ श्रेष्ठको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार लक्ष्मण बिसिले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया