
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ ।
यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो ।
बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार एक सय वटा हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटीहोममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।
कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।
हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजेसम्म चल्ने छ भने ११ देखि १ बजेर १५ मिनेटसम्म विश्राम भई पुन: ४ बजेसम्म हवन कार्य हुनेछ ।
जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।
उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ। हवन कुण्डमा बस्दा ब्राह्मणदेखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्नेछ।
यसैगरी शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने समूहलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई ६५/६५ हजार रहेको उनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ । वैशाख १९ गते शनिबारका लागि पालो परेका सम्पूर्ण प्रतियोगीलाई प्रतियोगितामा सहभागी भइदिन उनले आग्रह गरे ।
हवन कुण्डको मूल मण्डपमा ब्राम्हणको पूजा विधिबाट महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका बुबा मणिराम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिदा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन शुरु भएको हो ।
कोटीहोममा आजदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन शुरु गरेका छन् । शुक्रबार पोखरा आइपुगेका उनले आजदेखि रामायाण कथा वाचन शुरु गरेका हुन् । उनले नौ दिनसम्म रामायण कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
परांकुशले वैशाख २७ गतेसम्म पोखरामा रहने र रामायण कथा वाचन गर्ने जानकारी दिए । रामायण कथा पोखरेली भक्तलाई सुनाउन उत्साहित भएको उनले बताए । चित्र राम्रो नभइ चरित्र राम्रो बनाउनुपर्ने भन्दै उनले कसैले कसैको नराम्रो सोच्न नहुने बताए । साथै कथा वाचिका सुप्रिया क्रिशोरीले नित्य कथा वाचन गरिरहेकी छन् ।
१५औं दिनको कोटीहोममा नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य सगुन लम्साल, विश्व हिन्दू महासंघ भजन समूहका अध्यक्ष, आचार्य १००८ मोहानन्द गुरुजी महाराज, नेपाली सेनाका सेनानी रेशम कोइराला, पोखरा-७ वडाध्यक्ष राममोहन आचार्यसहित सदस्य तथा पोखरा-५ जनाप्रतिनिधि र पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सहभागी थिए ।
उक्त अवसरमा भारतका महाकुम्भ मेलाका संकल्पकर्ता नीरञ्जनी पिठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीजीले हरिहर मन्दिर अवलोकन गरेका छन् ।
कार्यक्रममा आचार्य १००८ मोहानन्द गुरु महाराजले धर्मलाई सबैले अपनाउनुपर्नेमा जोड दिए ।
प्रचारप्रसार संयोजक ढकालका अनुसार शुक्रबार पनि करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख १० हजार भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दावी छ।
भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको बताइएको छ । महायज्ञमा हालसम्म सबैभन्दा धेरै मुस्ताङको घरपझोंग गाउँपालिकाका मोहन सिंह लालचनले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ दान गरेका छन् ।
बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका थिए ।
यस्तै पोखरा-१४ का नीरबहादुर कुँवरले ५५ हजार एक सय, पोखरा १७ का दिनेश कार्की र उनका परिवारजनबाट ५१ हजार एक सय ५१, पोखरा-९ की परिणीता दिजु (ओम शान्ति) बाट ५१ हजार पोखरा-५ का ध्रुव थापाबाट ५० हजार पाँच सय २१, पोखरा-११ का शिव तिलिजा पुनले ३५ हजार पाँच रुपैयाँ कोटीहोममा सहयोग गरेका छन् ।
कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।
कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
सो अवसरमा ११ हजार कलश पुजन र व्रतवन्ध भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया