SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/१८ गते
    ३४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ । उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द सम्झिएर भक्तजनसहित आयोजकका मन भारी थिए । उक्त क्षणमा स्वयं देवी प्रतिभाको आँखामा आँशु टिल्पिलाए ।

    कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलैफूलले पूजा गर्दै देवी प्रतिभाको बिदाई गरेका थिए । देवीसहित उनको टिममा रहेर पोखरा आइपुगेका सबैलाई आयोजक मानवसेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको थियो । देवी प्रतिभाको बिदाईमा संकल्पकर्ता विजय कृष्णमूर्ति निकै रोएका थिए भने अभिनन्दपत्र पढेर सुनाउने क्रममा भक्कानिदै पढ्नै नसक्ने अवस्थामा पुगेका थिए । सो बेला कोटीहोम स्थल चकमन्न बनेको थियो ।

    देवी प्रतिभा वैशाख ५ गते पोखरा आएकी थिइन् । उनी शुक्रबार बिहानै पोखराबाट भारत प्रथान गर्दैछिन् । उनी आइतबादेखि झारखण्डमा देवीमार्फत कथा वाचन हुने बताइएको छ ।

    जेठ १० देखि १६ गतेसम्मा देवीलाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए । कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले् ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए ।

    शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं