SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/१६ गते
    २४५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले एक कार्यक्रमका वीचमा बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना सहितको पालिका पानमा बत्ति बालेर गरेका थिए । गाउँपालिकाका सवै बालबालिकालाई खोपको सुनिश्चितता भएपछि दीगोपना सहितको पालिका घोषणा गरिएको हो ।

    सो अवसरमा अध्यक्ष गुरुङले पालिकाका सवै बालबालिकालाई पूर्ण खोप लगाउनु स्थानीय तहको दायित्व र कर्तब्य भएको भन्दै त्यो दायित्व पालिकाले बर्षेनी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना तिवारी, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्री आचार्यले पूर्ण खोपको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी भुषालले खोपको अवस्थाको प्रगति विवरण प्रस्तुत गर्दै कुनै पनि बालबालिका खोपबाट बन्चित हुन नपरोस भनेर आफूले कार्य योजना निर्माण गरी काम गरीरहको बताउनुभएको थियो ।

    भुषालले सवै नागरिक समेत खोप लगाउनुपर्छ भनेर सचेत भएको खण्डमा यो कार्यक्रम अझै दीगो र प्रभावकारी हुने धारणा समेत राख्नुभयो । कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा स्थानीयबासीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्रनाथ पौडेलले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं