
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको संगम स्थलमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ ।
पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण गरिएको मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गर्न लागिएको कार्यक्रम संयोजक प्रेमप्रसाद शर्मा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १६, १७ र १८ गते गरी तीन दिनसम्म धुमधामका साथ प्राणप्रतिष्ठाको कार्यक्रम रहेका छ । साथमा अखण्ड कृतन, जग्गादाता तथा गुफाका आजिवन तथा साधारण सदस्यलाई सम्मान लगायतका कार्यक्रमहरु समेत राखिएको छ ।
जगज्जननी माता पार्वतीको जन्मस्थल पाङ् खुर्कोटको सिमानामा अवस्थित दिव्य गुफा पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिले विहिवार गुफा परिसरमै पत्रकार सम्मेलनको आयोजना गरि गुफाको ऐतिहासिक महत्व र यसको पछिल्लो विकासक्रमको विषयमा जानकारी दिएको छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको पार्वती दिव्य धामका अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो ।
अग्रभागमा हात्तीको सुँडको आकृति साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृतिको मूर्ति रहेको छ । गुफाबाट निस्केको पानी करिब २ किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट एक हजार धाराको छहरा निस्किएको छ । ‘अलौकिक स्थान रहेको भए पनि यसको प्रचार हुन सकेको छैन’ स्थानीय कमलप्रसाद पौडेलले भन्नुभयो, ‘सीता माताको जन्मस्थान जनकपुरजस्तै पार्वती माताको जन्मस्थान पाङको विकास हुनुपर्ने हो, तर सरकारी तवरबाट पर्याप्त सहयोग नहुँदा ओझेलमा परेको छ ।’
पाङ पार्वती माताको जन्मभूमि हो भनेर योगी नरहरि नाथले आफ्नो पुस्तक ‘देश दर्शन’ मा समेत उल्लेख गर्नुभएको भए पनि पर्याप्त पूर्वाधार र प्रचार अभावमा उक्त स्थान विकास हुन नसकेको स्थानीयको भनाइ छ । यस ठाउँलाई सरकारले समेत धार्मिक गन्तव्यको रूपमा विकास गरी पर्याप्त काम गर्नुपर्ने स्थानीयको माग छ ।
सरकारी तवरबाट केही काम हुन नसकेपछि पछिल्लो समय स्थानीयको पहलमा पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्था बनाएर काम थालेसँगै पूर्वाधार विकास भइरहेको छ । ‘पार्वती गुफा’ भित्र पार्वतीले पूजा गरेका, तपस्या गरेका ठाउँहरू आकृतिका रूपमा देखिएको र ती स्थानको संरक्षणका लागि काम भइरहेको संस्थाका अध्यक्ष छविलाल पौडेलले बताउनुभयो ।
करिब पाँच सय मिटर भन्दा लामो गुफा तथा गुफा बाहिरका ठाउँका पैदल मार्ग, धर्मावलम्बी बस्ने स्थान, मन्दिर र पुललगायतका पूर्वाधार निर्माण भइरहेका छन् । हालसम्म करिब १ करोडको लागतमा काम भएको र केही निर्माणकै चरणमा रहेको उहाँको भनाइ छ ।
संस्थाका उपाध्यक्ष जनक पौडेलका अनुसार अहिले प्रदेश तथा स्थानीय सरकारहरूको बजेटबाट पूर्वाधार निर्माण तथा संरक्षणका लागि काम भइरहेको छ । प्रदेश सरकारले दिएको ९० लाख साथै स्थानीयको सहयोगमा काम जारी छ ।
धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको उक्त स्थानमा बजेट अभावका कारण पूर्वाधार विकास हुन नसक्दा समस्या भएको समितिका पदाधिकारीको भनाइ छ । ‘हामीले लामो समयदेखि संरक्षण गरे पनि पर्याप्त बजेट नहुँदा यसको विकास गर्न सकिएको थिएन’ समितिका उपाध्यक्ष पौडेलले भन्नुभयो । पत्रकार सम्मेलनको सञ्चालन सचिव ऋषिराम सुवेदीले गर्नुभएको थियो । सम्मेलनसँगै पत्रकारलाई गुफा अवलोकन समेत गराइएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया