
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको संगम स्थलमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ ।
पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण गरिएको मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गर्न लागिएको कार्यक्रम संयोजक प्रेमप्रसाद शर्मा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १६, १७ र १८ गते गरी तीन दिनसम्म धुमधामका साथ प्राणप्रतिष्ठाको कार्यक्रम रहेका छ । साथमा अखण्ड कृतन, जग्गादाता तथा गुफाका आजिवन तथा साधारण सदस्यलाई सम्मान लगायतका कार्यक्रमहरु समेत राखिएको छ ।
जगज्जननी माता पार्वतीको जन्मस्थल पाङ् खुर्कोटको सिमानामा अवस्थित दिव्य गुफा पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिले विहिवार गुफा परिसरमै पत्रकार सम्मेलनको आयोजना गरि गुफाको ऐतिहासिक महत्व र यसको पछिल्लो विकासक्रमको विषयमा जानकारी दिएको छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको पार्वती दिव्य धामका अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो ।
अग्रभागमा हात्तीको सुँडको आकृति साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृतिको मूर्ति रहेको छ । गुफाबाट निस्केको पानी करिब २ किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट एक हजार धाराको छहरा निस्किएको छ । ‘अलौकिक स्थान रहेको भए पनि यसको प्रचार हुन सकेको छैन’ स्थानीय कमलप्रसाद पौडेलले भन्नुभयो, ‘सीता माताको जन्मस्थान जनकपुरजस्तै पार्वती माताको जन्मस्थान पाङको विकास हुनुपर्ने हो, तर सरकारी तवरबाट पर्याप्त सहयोग नहुँदा ओझेलमा परेको छ ।’
पाङ पार्वती माताको जन्मभूमि हो भनेर योगी नरहरि नाथले आफ्नो पुस्तक ‘देश दर्शन’ मा समेत उल्लेख गर्नुभएको भए पनि पर्याप्त पूर्वाधार र प्रचार अभावमा उक्त स्थान विकास हुन नसकेको स्थानीयको भनाइ छ । यस ठाउँलाई सरकारले समेत धार्मिक गन्तव्यको रूपमा विकास गरी पर्याप्त काम गर्नुपर्ने स्थानीयको माग छ ।
सरकारी तवरबाट केही काम हुन नसकेपछि पछिल्लो समय स्थानीयको पहलमा पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्था बनाएर काम थालेसँगै पूर्वाधार विकास भइरहेको छ । ‘पार्वती गुफा’ भित्र पार्वतीले पूजा गरेका, तपस्या गरेका ठाउँहरू आकृतिका रूपमा देखिएको र ती स्थानको संरक्षणका लागि काम भइरहेको संस्थाका अध्यक्ष छविलाल पौडेलले बताउनुभयो ।
करिब पाँच सय मिटर भन्दा लामो गुफा तथा गुफा बाहिरका ठाउँका पैदल मार्ग, धर्मावलम्बी बस्ने स्थान, मन्दिर र पुललगायतका पूर्वाधार निर्माण भइरहेका छन् । हालसम्म करिब १ करोडको लागतमा काम भएको र केही निर्माणकै चरणमा रहेको उहाँको भनाइ छ ।
संस्थाका उपाध्यक्ष जनक पौडेलका अनुसार अहिले प्रदेश तथा स्थानीय सरकारहरूको बजेटबाट पूर्वाधार निर्माण तथा संरक्षणका लागि काम भइरहेको छ । प्रदेश सरकारले दिएको ९० लाख साथै स्थानीयको सहयोगमा काम जारी छ ।
धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको उक्त स्थानमा बजेट अभावका कारण पूर्वाधार विकास हुन नसक्दा समस्या भएको समितिका पदाधिकारीको भनाइ छ । ‘हामीले लामो समयदेखि संरक्षण गरे पनि पर्याप्त बजेट नहुँदा यसको विकास गर्न सकिएको थिएन’ समितिका उपाध्यक्ष पौडेलले भन्नुभयो । पत्रकार सम्मेलनको सञ्चालन सचिव ऋषिराम सुवेदीले गर्नुभएको थियो । सम्मेलनसँगै पत्रकारलाई गुफा अवलोकन समेत गराइएको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया