
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पोखरा । मानवसेवा फाउण्डेशनद्वारा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले भोलि बैशाख १३ गते शनिबार बिहान बृहत् मोटरसाइकल र्याली आयोजना हुने भएको छ। यो र्याली पोखराको बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई शहरका विभिन्न भाग हुँदै पुनः बिरौटामा सम्पन्न हुनेछ।
यसअघि बैशाख ११ गते बृहत् साइकल र्याली र बैशाख १२ गते बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको थियो। साइकल र्यालीमा सयौं स्थानीयले उत्साहपूर्ण सहभागिता जनाएका थिए भने ट्याक्सी र्यालीले पोखराको सडकमा धार्मिक र सामाजिक एकताको सन्देश प्रवाह गरेको थियो। ट्याक्सी र्याली बिरौटाबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै बिरौटामा समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्यालीले पनि साइकल र ट्याक्सी र्यालीले जस्तै सामाजिक एकता र धार्मिक जागरणको सन्देशलाई पोखरावासीमाझ पुर्याउने विश्वास व्यक्त गर्नुभयो। “यी र्यालीहरूले महायज्ञको महत्वलाई जनजनसम्म पुर्याउनुका साथै पोखरेली समाजमा एकताको भावना जागृत गरिरहेका छन्,” उहाँले भन्नुभयो।
महायज्ञको प्रचारका लागि फाउण्डेशनले बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गर्ने तयारी गरेको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने यो महायज्ञ पोखरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित आयोजना गरिएको हो।
आयोजक समितिले मोटरसाइकल र्यालीमा सहभागी हुन सम्पूर्ण पोखरेली, धार्मिक संघ–संस्था, युवा समूह र स्थानीयवासीलाई हार्दिक आह्वान गरेको छ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया