
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पर्वत । १९ औँ लोकतन्त्र दिवस पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । नागरिक समाज सञ्जाल पर्वतको आयोजना, सामाजिक विकास कार्यालय पर्वतको सहयोग तथा गैसस महासंघ पर्वतको संयोजनमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै जनआन्दोलनका शहिद गोबिन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले लामो जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा प्राप्त लोकतन्त्र अझैपनि संस्थागत हुन नसकेको बताएका छन् । लोकतन्त्र स्थापनापछि मुलुकमा थुपै खालका विकास र परिवर्तन आएको भएपनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको उनिहरुको भनाई छ । मुलुकको विकासका निम्ति दलहरु गम्भिर नभएको, खाली सत्ता लिप्सा र स्वार्थकेन्द्रीत राजनीति गरेका कारण लोकतन्त्रको मर्म पुरा हुन नसकेको र आम नागरिले लोकतन्त्र र गणतन्त्रको प्रत्याभूति पाउन नसकेको बताएका छन् ।
कार्यक्रममा शहिद परिवारका सदस्य देव शर्मा पौडेलले लोकतन्त्र दिवसलाई राज्यले उपेक्षा गरेको बताउनुभयो । उहाँले शहिदहरुको बलिदानलाई यो मुलुका जिम्मेवार दलहरुले समेत अबमुल्यन गरेको भन्दै लोकतन्त्र दिवसलाई राज्यस्तरवाट मनाउँदै शहिदहरुको स्मरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब राजेन्द्र पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले सम्वोधन गर्नुभएको थियो ।
नागरिक समाजको सञ्जाल पर्वतका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गैसस महासंघ पर्वतका सचिब कृष्णप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दिवसकै अवसरमा बिहीवार साँझ लोकतान्त्रिक चोक कुश्मामा दिप प्रज्वलन कार्यक्रम समेत सम्पन्न गरिएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया