
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । १९ औँ लोकतन्त्र दिवस पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । नागरिक समाज सञ्जाल पर्वतको आयोजना, सामाजिक विकास कार्यालय पर्वतको सहयोग तथा गैसस महासंघ पर्वतको संयोजनमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै जनआन्दोलनका शहिद गोबिन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले लामो जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा प्राप्त लोकतन्त्र अझैपनि संस्थागत हुन नसकेको बताएका छन् । लोकतन्त्र स्थापनापछि मुलुकमा थुपै खालका विकास र परिवर्तन आएको भएपनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको उनिहरुको भनाई छ । मुलुकको विकासका निम्ति दलहरु गम्भिर नभएको, खाली सत्ता लिप्सा र स्वार्थकेन्द्रीत राजनीति गरेका कारण लोकतन्त्रको मर्म पुरा हुन नसकेको र आम नागरिले लोकतन्त्र र गणतन्त्रको प्रत्याभूति पाउन नसकेको बताएका छन् ।
कार्यक्रममा शहिद परिवारका सदस्य देव शर्मा पौडेलले लोकतन्त्र दिवसलाई राज्यले उपेक्षा गरेको बताउनुभयो । उहाँले शहिदहरुको बलिदानलाई यो मुलुका जिम्मेवार दलहरुले समेत अबमुल्यन गरेको भन्दै लोकतन्त्र दिवसलाई राज्यस्तरवाट मनाउँदै शहिदहरुको स्मरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब राजेन्द्र पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले सम्वोधन गर्नुभएको थियो ।
नागरिक समाजको सञ्जाल पर्वतका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गैसस महासंघ पर्वतका सचिब कृष्णप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दिवसकै अवसरमा बिहीवार साँझ लोकतान्त्रिक चोक कुश्मामा दिप प्रज्वलन कार्यक्रम समेत सम्पन्न गरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया