
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
रामबहादुर बानियाँ
पोखरा बाटुलेचौर। मेरा बुबाहरु तत्कालिन शाही नेपाल वायुसेवा निगम हालको नेपाल वायुसेवा निगम पोखराको स्थापना कालदेखि नै सेवारत हुनुहुन्थ्यो । जनताका छोराछोरीहरुलाई पढन नदिने कठोर राणाकालमा जन्मनुभएका उहाँहरु परिश्रमी हुनुहुन्थ्यो ,त्यसैले श्रमजीवी काम नै गर्नुहुन्थ्यो । त्यतिखेर भैरहवा, सिमरा , जोमसोम , काठमाडौं, बलेवा आदि ठाँउबाट पोखरा आउन हवाइ जहाजकै प्रयोग गर्नुपथ्र्यो । नयाँ मानिसहरु पोखरा एअरपोर्टमा ठोकिन्थे फलतः मेरो बुबाले धेरै मानिसहरुलाई चिन्नुहुन्थ्यो ।
कतिपय मन्त्री भएका मानिसहरुले पनि बुबालाई “पे्रमबहादुर दाई” भनेर सम्बोधन गर्थे । प्राय ः पोखरा कार्यक्षेत्र बनाउने मानिसहरुको बारेमा बुबालाई को ? कसो ? कहाँको ? कहाँ काम गर्ने ? भन्नेबारे थाहा हुन्थ्यो । बुबा, काका ठूलोबुबाहरु भेट हुँदा चेतन कार्की माछा सेक्सनका हाकिम , गित , संगितको पारखी भनेर कुरा गरिरहनुहुन्थ्यो । “माछा सेक्सनमा चेतन कार्की चढने गरेको एउटा घोडा छ , रमाइलो गरेर राति जति अबेर भएपनि , घोडा चढेपछि घोडाले बाटो नबिराई , नलडाई चेतनलाई माछा सेक्सनमै ल्याई पु¥याउँथ्यो” भनेर कुरा गरेको सुन्थे । माछा सेक्सनको स्थापना र विकासमा चेतन कार्कीको भूमिका महत्वपूर्ण थियो भनेर अझै मानिसहरु भन्ने गर्छन ।
तीसको दशकतिर वर्षमा एउटा फिल्म, चलचित्र संस्थानले बनाउँथ्यो । त्यो फिल्म सबै नेपालीको लागि खुशि र प्रतिक्षाको विषय हुन्थ्यो । वि.सं २०२९ सालतिर हाम्रै बाटुलेचौरको अम्मरेमा “मनको बाँध” फिल्मको सुटिङ भैरहेको थियो । त्यहाँ“बसी राम्रो देउराली त हेरि राम्रो हिउँ” , मुखै देख्दा मायाँ लाग्ने प¥यो कस्तो जिउ” भन्ने बोलको गित छायाङ्कन भैरहेको थियो । सायद यो गित चेतन कार्कीकै भएर हो कि उहाँ सक्रिय रुपमा यताउता गरिरहनु भएको थियो । त्यतिखेर बन्ने प्रत्येक फिल्मको कथा, पटकथा, संवाद, निर्देशन, गीत आदिमा चेतन कार्की जोडिएकै हुनुहुन्थ्यो । कास्कीकै सिमाना रहेको स्याङजा जिल्ला फेदिखोलाको बासिन्दा भएर हो कि , पोखराप्रति उहाँको घनिष्ठ लगाव देखिन्थ्यो ।
वि.सं २०४१ सालतिर पोखराको बाटुलेचौर स्थित अम्बिका टोलमा कान्छी फिल्मको सुटिङ भैरहेको थियो । त्यहाँ शर्मिला मल्ल, रिद्धिचरण श्रेष्ठ, शान्ति मास्के र बम्बईबाट आएका, पाकिस्तानी चलचित्रमा समेत अभिनय गरेका नेपाली युवा शिव श्रेष्ठ (फिल्मी पात्र बनाइएको )आदि हुनुहुन्थ्यो । रिद्धि चरण श्रेष्ठ सम्वाद बोल्दै हुनुहन्थ्यो र टेक खाइ रहनुभएको थियो ।
पटक पटक बोल्दा पनि “मेरी छोरी कान्छी छोरी भएपनि छोरी”, “जस्तै दिन ” भनिरहनु भएको थियो । चेतन कार्की सम्वाद संझाउँदै हुनुहुन्थ्यो र भनीरहनु भएको थियो “ए रिद्धि के गरेको? छोरी भएपनि छोरा जस्तै छिन भन्नुपर्नेमा । “निर्देशक वि. एस. थापा निर्देशन गर्दै हुनुहुन्थ्यो । यो सम्वाद ठिक भएपछि केहीबेर विश्राम भयो । त्यही बेला चेतन कार्कीले म सामू आएर भन्नुभयो “यस्तै घर यता कतै छैन ? भए देखाइदिनुहोस्न ।”“छ, म तपाँइलाई त्यो घर देखाउन लैजाउँला” भने । मैले मेरै छिमेकी “खत्री बा को खरको छानो हालेको पुरानो घर देखाउनुपर्ला भनेर सोच बनाएको थिए । पछि अम्बिका टोलकै त्यही घरमा सबै छायाङ्कन सकाउनु भयो ।
एउटा विज्ञानको विद्यार्थी, विज्ञानकै शिक्षक, साहित्य, गित , सङ्गित, सिनेकर्मी प्राविधिज्ञ (माछा विशेषज्ञ), प्रत्येक खेलको उत्कृष्ट खेलाडी , फुटबलको क्याप्टेन, उर्दु भाषको ज्ञाता, उर्दु र हिन्दी भाषाको सायर, उहाँमा यस्ता धेरै धेरै प्रतिभाहरु थिए । सायद एउटै व्यक्तिमा यति धेरै धेरै प्रतिभाहरु भएको व्यक्तित्व विरलै पाइन्छ ।
विंसं २०६१ सालतिर स्व. कवि कुलबहादुर के.सी. ले“आशौच बार्दैछन कविताहरु” भन्ने कविता संग्रहको रचना गर्नु भएको थियो । त्यतिखेर म शुक्ला साहित्य समितिको अध्यक्षको भूमिकामा थिएँ। सो कृति लोकार्पणको प्रमुख अतिथिको लागि तत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानका कुलपति वासुदेव त्रिपाठीलाई अनुरोध गरेका थियौं । उहाँ काठमाडौंबाट हवाइजहाज चढेर पोखरा आउँदै हुनुहुन्छ भन्ने खबर पाएर स्वागतको लागि म , स्व. कुलबहादुर के.सी. र प्रगति इङ्गलिस बोर्डिङ स्कूल बाटुलेचौरका प्राचार्य दिनेश श्रेष्ठ फूलको बुकी र माला लिएर पोखरा विमानस्थल मा पर्खिबस्यौं । विशेष काम परेकोले “वासुदेव त्रिपाठी” आउन असमर्थ रहेको खबर पछि विमानस्थलमै बस्दा बस्दै पायौं । लगेको फूलको माला र बुकि त्यतै फाल्यौं । हामीहरुलाई अब अर्को पिर प¥यो , भोलिको लोकार्पण कस्को हातबाट गराउने ? निमन्त्रणा
सबैलाई पठाई सकिएको छ , उद्योग वाणिज्य संघको “अमृत कक्ष” भाडामा लिइ सकिएको छ । कस्तो धर्म संकट । के गरौं? कसो गरौं ? तिनै जना किंकर्तव्य विमुढ बन्यौं । निराश बन्यौं । लावण्य देशको राजा खोज्ने जस्तो पिरलो आइलाग्यो । “घोर अन्धकारमा सानो जुनकिरीको पनि ठूलो आधार हुन्छ” भने झैं त्यहीं नै थाहा पायौं, साहित्यकार चेतन कार्की पोखरामै हुनुहुन्छ भन्ने । आशाको दियो बल्यो हाम्रो लागि र ट्याक्सी लिएर उहाँ बसेको होटलमा पुग्यौं । उहाँ पोखरा आउँदा सधैं बस्ने गरेको एउटा घर र कोठा रहेछ ।त्यो सधैं उहाँकै लागि छुट्याइएको हुँदो रहेछ । स्याउली बजार स्थित मुस्ताङ चोक भित्र उक्त घर खोज्दै गयौं र भेट्यौं पनि । फरासिला चेतन कार्कीले आत्मियता दर्शाउँदै धेरै कुरा गर्नुभयो ।
धेरै घटना अनि अनुभवको शेयर भयो । हामीलाई पिर प¥यो , कसरी भेटन आउनाको कारण भन्ने ? कसरी वासुदेव त्रिपाठी नआउने भएकोले तपाँइ नै प्रमुख अतिथिको भूमिकामा रही दिनुप¥यो भन्ने ? भनिन्छ “मोहि माग्ने ढुङ्ग्रो लुकाउने ”। तैपनि कुराको शुरुवात घुमाउरो पाराले ग¥यौं, उहाँले कुरा बुझि हाल्नुभयो र भन्नुभयो “ए त्रिपाठीजी नआउनृ भएकोले , मलाइ “निमित्त नायक” बनाउन खोज्नु भएको हो ” । उहाँको कुराले हामी राता पिरा भयौं , बोल्नै सकेनौं । उहाँले नै मौनता भङ्ग गर्दै भन्नुभयो “मलाइ प्रमुख अतिथि सतिथि केहि भन्नु पर्दैन तर म भोलि बिहान आउँछु , काम रोकिदैंन ।
कस्तो भरोसा लाग्दो वचन, हामी खुशी भयौं र धन्यवाद दिएर विदा भयौं ।
भोलिपल्ट उहाँबाटै पुस्तक लोकार्पण भयो । आफ्नो बुबाले काँधमा बोकेर देहरादुन लगेको देखि नेपाल आउँदा “प्रवासी” भनेर हेप्ने गरेको कुरा राख्दै , धेरै सार र्गािर्भत भनाइ , अनुभव विनोदप्रिय ढंगले राख्नुभयो । सबै दर्शक एवं श्रोताहरु उहाँको मन्तव्यबाट असाध्यै प्रभावित भए ।
वि.स.२०६५ सालतिर होला बाटुलेचौरमा झलकमान गन्धर्वको शालिक स्थापना गरिसकेपछि उहाँको स्मृति दिवस मनाउने क्रममा प्रमुख अतिथिको रुपमा हामीले ्उहाँलाई आमन्त्रण गरेका थियौं । आफ्नो मन्तव्यको क्रममा बहुचर्चित लोकप्रिय गित “ बाबाले सोध्लान नी खै, छोरा भन्लाननी गित झलक मानको बाबा दुर्गाबहादुर मिजारले पहिलोपल्ट गाउनु भएको थियो र पछि त्यसलाई झलकमानले कालजयी बनाउनु भयो ”भन्ने उजागर गर्नुभयो ।
चेतन कार्कीले गायक बस्तीलाई नजिकबाट नियाल्नु भएको थियो । आफूले निर्माण ÷निर्देशन गर्ने फिल्ममा यहाँको गायकहरुबाट गाइने लोकगितहरुलाई कुनै न कुनै रुपमा समावेश गराउनुहुन्थ्यो । उहाँसंगको मेरो अन्तिम भेट वि. सं. २०७६ सालमा प्रगति इङ्गलिस बोर्डिङ स्कूलको वार्षिकोत्सवमा भएको थियो । उहाँ त्यो समारोहमा प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो ।
त्यही क्रममा मैले उहाँलाई आग्रह गरें “चेतन सर , हजुरसंग ज्ञान चेतना , प्रविधि, अनुभव अनुभूति , भोगाइ र अध्ययनको अथाह सागर छ , यसलाई आत्मकथाको रुपमा लिपिबद्ध गर्नुप¥यो । जो पछिल्लो पिंढीलाई गहकिलो साहित्यिक खुराक बन्नसक्छ”। प्रत्युत्तरमा उहाँले भन्नुभएको थियो “आत्मकथा वास्तविक कुरा ढाँटेर , सकारात्मक कुराहरु मात्र जडेर , फूलबुट्टा भरेर लेख्ने गरिन्छ , मैले आफ्नो आत्मालाई आफैं ढाँट्न सक्दीन त्यसैले म बाट हुँदैन होला” । “हुन त हजुरले भनेको कुरा पनि ठिकै हो, मिल्छ भने अझै कोशिस गरिदिनुहोला” । मैले पुन अनुरोध गर्दै छुट्टिएका थियौं ।
शुक्ला साहित्य प्रतिष्ठानले संझनुपर्ने गण्डकी प्रदेशका २ वटा साहित्यिक धरोहरहरु हुनुहुन्थ्यो , चेतन कार्की र क्षेत्रप्रताप अधिकारी । उहाँहरुलाई नागरिक सम्मान दिनुपर्छ भन्ने कुरा चलिरहेको थियो । यसै विच कोरोनाले घरबाटै निस्कनै दिएन , बन्दाबन्दीको स्थिति श्रृजना भयो । फलतः यहि कोरोनाले चेतन कार्कीलाई हामीबाट छुटाएर लग्यो । बाँकी छ त उहाँहरुको स्मृति मात्र । भावपूर्ण श्रद्धाञ्जली बहुआयामिक प्रतिभाका धनी स्व. चेतन कार्की प्रति ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया