
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पोखरा। पोखरा वडा नं. ४, तेर्सापट्टी स्थित द क्लब सीएम (सीएम स्वीमिङ पुल) अब नयाँ व्यवस्थापनका साथ अघि बढेको छ । उक्त स्थानमा धेरै वर्षदेखि सञ्चालन हुँदै आएको स्वीमिङ पुललाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन पक्षले ‘पोखरा सेन्ट्रल ओयसिस’ का नाममा सञ्चालनमा ल्याइएको हो ।
भौतिक पूर्वाधार स्तरोन्नति गरी रेष्टुरेन्ट सुविधासहित सञ्चालनमा ल्याइएको एक सञ्चालक शोभा भुसाल देवकोटाले जानकारी दिइन् । तत्काल एक करोड खर्च गरिएको छ ।
स्वीमिङ सम्बन्धी सम्पूर्ण तालिम, स्पा, बारिस्टा ट्रेनिङ, क्याफे तथा कन्फरेन्स हल, मेडिटेशन र योगाको सुविधासहित ‘पोखरा सेन्ट्रल ओयसिस’ लाई सञ्चालनमा ल्याइएको सञ्चालक देवकोटाले जानकारी दिइन् ।
‘खानाका पारखीका लागि दाउराबाटै पकाएर खुवाउने व्यवस्था गरिनेछ । पोखराको मुख्य बजारभित्र पनि रूख बिरुवा बीच बसी प्राकृतिक आनन्द लिने वातावरण मिल्नेछ । त्यसका लागि द्रुत गतिमा निर्माण कार्य भइरहेको छ’ देवकोटाले भनिन् । अब जेठ १५ देखि सम्पूर्ण सुविधासहित सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन् ।
स्वीमिङ पुल खुल्ला, अन्य तयारी तीव्र
स्वीमिङ पुलको स्तरोन्नति गरी खुल्ला गरिसकिएको छ । पोखरामा सबैभन्दा गहिरो (११ फिट) र बच्चाहरूका लागि छुट्टै पुलको व्यवस्था गरिएको सञ्चालकले जनाएका छन् ।
सामान्य स्वीमिङको लागि ३५० रुपैंया तोकिएको छ । जुन पोखरामा सबैभन्दा सस्तो दर हो । बच्चाहरुका लागि २५० रुपैंया मात्र लिने गरिएको सञ्चालक देवकोटाले बताइन् ।
अनुभवी प्रशिक्षकलाई अनुबन्ध गरी पौडीको नियमित प्रशिक्षणको व्यवस्था पनि मिलाइएको छ । एक हप्ताका लागि ७ हजार, १५ दिनका लागि ९ हजार र १ महिनाका लागि १२ हजार रुपैंयामा पौडी सिक्न सकिनेछ । आफूले चाहेको समयमा बालबालिका तथा वयस्कले समेत पौडी सिक्न सक्ने सञ्चालकले जनाएका छन् ।

प्रतिक्रिया