SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/९ गते
    ५७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ । मंगलबार कारोबार प्रारम्भमा थप मूल्य बढेर ३ हजार ४ सय ८० डलर हाराहारी पुगेको हो । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई दिएको एक धम्कीका कारण सुनको मूल्यमा भारी वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।

    ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए । ‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा भनेका छन्, ‘अहिले ब्याजदर घटाउन नसके अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’

    साथै, उनले ब्याजदर तत्काल घटाइ हाल्न फेड अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।शुक्रबार, शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले त्यसको प्रभाव एकै पटक सोमबार मात्रै देखिएको हो । उनले ब्याजदर कटौती नगरेकोमा फेड अध्यक्ष पावेलको आलोचना गरेका छन् ।

    ट्रम्पले हस्तक्षेप गर्दा केन्द्रीय बैंकका नीति अस्थिर हुने र यसले अर्थव्यवस्थामा खराब असर पर्ने अनुमानपछि लगानीकर्ता सुनमा आकर्षित भएका हुन् । यसले सुनको मूल्यमा भारी वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं