SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/८ गते
    २६९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । चलचित्र ‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने निर्माणपक्षले बताएको छ । ‘जार’ रिलिज भएपछि नेपाली चलचित्र उद्योग एक खुड्किलो माथि उक्लिने निर्माणपक्षको दाबी छ ।

    वैशाख २६ गते प्रदर्शन हुने चलचित्र विषय, प्रस्तुति र प्राविधिक रूपमै बलियो रहेको निर्देशक फूर्वा छिरिङ लामाले बताए । “विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठान गरेका छौँ । त्यसैले यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु,” निर्देशक लामाले भने, “प्राविधिक पक्ष पनि उत्तिकै बलियो रहनेछ । प्राविधिक पक्ष बलियो होस् भनेर पोस्ट प्रोडक्सनको कतिपय काम हामीले भारतमा गरेका छौँ ।”

    प्रस्तुतिमा कलाकारले कठोर मेहनत गरेको उनले बताए । बजारमा को कलाकार कस्तो भन्दा पनि कथाले कस्तो पात्र माग्छ त्यसका आधारमा कलाकार छनोट गरिएको निर्देशक लामाले बताए । सिनेमाको कुनै पनि पक्ष कमजोर नहोस् भनेर सुरुमै सचेत भएर काम गरिएको उनको भनाइ छ ।

    फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई सिनेमा समेट्ने निर्देशक लामा बताउँछन् ।

    “इन्द्रबहादुर राईको कथामा सिनेम्याटिक लिबर्टी लिएर काम गरेका छौँ । त्यसैले कथा जति राम्रो छ, त्यो भन्दा सिनेमा भिजोअल ल्याङ्ग्वेजमा थप बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने । यो सिनेमा मात्रै नभएर नेपाली समाजको दस्तावेज पनि भएको उनको भानाइ छ ।

    साहित्यकार राईले सन् १८०० को दशकमा नेपाली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेका कथा लेखेका थिए । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिकामा छ ।

    गीताञ्जली थापा ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

    सिक्किममा छायांकन गरिएको चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।

    चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं