
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
रामबहादुर बानियाँ
पोखरा। बाटुलेचौर पुष्पाजीको दाइ एकजना सहायक अञ्चलाधिस हुनुहुन्छ भनेर सानैमा सुनेको थिए । त्यतिबेला सहायक अञ्चलाधिस हुनु भनेको चानेचुने कुरा थिएन । के हो त नाम भन्दा ? गोविन्द भनिन्थ्यो । यि कुराहरु जसरी सुनिए त्यसरी नै रहे । इन्द्रराज्य लक्ष्मी मा.वि. (कन्या स्कुल) मेरो घरकै समिपमा रहेको थियो । उक्त स्कुल रहेको ठाउँलाई डण्डी भनिन्थ्यो । त्यहाँको नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोविन्द बहादुर के.सी. चुनिनु भयो भन्ने खबर आयो ।
को होला ? गोविन्दबहादुर भन्ने मेरो मनमा खुल्दुली थियो नै, जौमेसोले भेट पनि भयो । पहिलो भेटमै उहाँको छुट्टै छाप मेरो मनमा प¥यो । साइनो जोडेर बोल्ने, ममता दर्शाउने, सहयोगी भावना, विनयशिलता उहाँमा व्याप्त पाएँ । मेरो भलाम मामाको दाजुभाई उहाँहरु, त्यो नाताले म भान्जा पर्ने, मेरो फुपु सासुका देवर उहाँ, त्यो नाताले म ज्वाई पर्ने । उहाँले जीवनभर मलाई ज्वाईको नाताले सम्बोधन गरी रहनु भयो । वि.सं. २०५६ सालमा विन्ध्यवासिनी मा.वि. बाटुलेचौरको स्वर्णमहोत्सव मनाइन लागिएको थियो । त्यही अध्ययन गरेको पूर्व विद्यार्थी हुनुको नाताले उहाँ बरोबर विद्यालयमा आइरहने, सघाउने, सरसल्लाह र सहयोग प्रदान गरिरहनु भयो ।
उहाँका ३ भाइनै एक भएर सहयोग गर्ने एकमत भएर जुट्ने एकजना सदस्य भएमा वा एकजनाले सहयोग गरेमा तिनै जनाले सदस्यता लिने अनि तिनै जनाले सहयोग गर्ने गर्नुहुन्थ्यो । त्यस्तो अभियानमा बैनिहरुलाई समेत समावेश गर्नुहुन्थ्यो । हामीले विन्ध्यवासिनी मा.वि.का पूर्व विद्यार्थीहरुलाई संगठित गर्ने “भू.पू. विन्ध्यवासिनी विद्यार्थी मञ्च” गठन गर्दा प्रारम्भिक चरणमै आजीवन सदस्यता लिएर मनोवल उकास्ने गर्नुभएको थियो । स्वर्ण महोत्सव भव्य रुपले सम्पन्न भयो ।
सायद केही भूलचूक पनि भएन होलान तर कमजोरी भन्दा पनि सबल पक्षलाई जोड दिइरहनु भयो । त्यस कार्यले आयोजक वर्गलाई सकारात्मक उर्जा प्रदान गरि रहन्थ्यो, कर्तव्य पथमा जुट्न थप प्रेरित गरिरहन्थ्यो । वि.सं. २०५७ सालमा विन्ध्यवासिनी मा.वि. बाटुलेचौरलाई उच्च मा.वि. मा रुपान्तरण गर्न पूर्वाधार जुटाउने उद्देश्यले श्रीमद्भागवत महापुराण एवम्राष्ट्रिय महायज्ञ आयोजना गर्ने भयौँ । त्यस आयोजक समितिमा रहेर सक्रियतापूर्वक उल्लेखनिय सर–सल्लाह, सहयोग गरिरहनु भयो, गोविन्द बहादुर के.सी. ले । महायज्ञको समापनकै क्रममा प्रमुखवाचक वाचन शिरोमणि नारायण प्रसाद पोखे्रलज्यूलाई इन्द्रराज्य लक्ष्मी मा.वि.को तर्फबाट उहाँले र सम्पूर्ण क्लवहरुको तर्फबाट नवराज थापाले सम्मान गर्दै आगामि बर्ष इ.रा.ल.मा.वि. लामाचौरमा श्रीमद्भागवत महापुराण आयोजना गर्न अग्रिम निमन्त्रण गर्नु भयो । उहाँहरुको सद्भावबाट नारायण गुरु प्रभावित हुनु भै, अर्काे वर्ष आयोजना गर्न सहमति प्रदान गर्नुभयो ।
महायज्ञ आयोजना गर्न १ बर्षको समय बाँकी थियो । १ वर्षको तयारी अवधिमा उहाँ असाध्यै धेरै खट्नु भयो, सबै जनमानसलाई पनि परिचालित गराउनु भयो । विन्ध्यवासिनी मा.वि.को आयोजक समितिमा रहेर मैले प्राप्त गरेका ज्ञान अनुभवलाई एक आपसमा साटासाट ग¥यौँ । महायज्ञलाई अझै परिस्कृत र अविष्मरणीय बनाउन उहाँ र म विच गहन छलफल हुन्थ्यो । कुनै योजना बनाएपछि यसको गाम्भिर्यता र विविध पक्षले पार्ने प्रभाव बारेमा चर्चा, परिचर्चा समिक्षा भइरहन्थ्यो र हामीले सकारात्मक प्रभाव रहने ठहर गरिसकेपछि छलफलको प्रस्तावको रुपमा बृहत भेलामा पेश गथ्र्यौँ ।
महायज्ञको तयारीको क्रममा विभिन्न ठाउँ, क्षेत्रमा महायज्ञ सहयोग समिति गठन गर्न कहिले पुरुन्चौर, कहिले भलाम, कहिले अर्मलामा हामी जाने गथ्र्याैँ । कहिले थकित भएर फर्कन्थ्यौँ भने कहिले हर्षित र कहिले प्रेरित भएर फर्किन्थ्यौँ । यसरी फर्किदा धेरै जसो मेरो घर भएर फर्किने गथ्र्याैँ । कहिले काँही मेरो पुरानो घरको बेडमा पल्टिएर सुस्ताउनु हुन्थ्यो । विदेशमा कार्यरत, अध्ययनरत हाम्रो यस क्षेत्रका मानिसहरुलाई समेटेर महायज्ञ परिचालन गर्नुपर्छ भनेर हामीले एउटा विचार ल्यायौ र महायज्ञको पुस्तिकामा अन्तर्राष्ट्रिय सहयोग उपसमितिमा संगठित ग¥यौ । यो विचार पछि प्रभावकारी पनि ठहरियो ।
उहाँको निस्वार्थ प्रयास, एकलव्य झै निरन्तरको लगाव अनि टिम परिचालन गर्ने कौशलको कारण महायज्ञ अभूतपूर्व रुपले सफल रह्यो र तत्काल संकलित सहयोगलाई परिचालन गर्ने तर्फ उहाँ अगाडि बढ्नुभयो र समयमै भवन निर्माण पनि भयो । समयको क्रमसँगै म र उहाँ असाध्यै नजिक भयौँ, घनिष्ठ भयौँ । मसँगको कुराकानीमा उहाँ भन्नुहुन्थ्यो “म लामो समय हेटौँडा बसेँ, त्यहाँ विभिन्न क्षेत्रमा रहेर समाजसेवामा जुटिरहेँ, अव म यही जन्मथलोमा बसेर सबैसँग चिनापर्ची गर्दै यस क्षेत्रकै समाजसेवामा समर्पित हुने विचार गरेको छु ।” नभन्दै मृत्युपर्यन्त आफ्नो बाचा निभाइरहनुभयो । उहाँ विश्वहिन्दु महासंघको विरगन्जमा आयोजना भएको पहिलो राष्ट्रिय भेलाको आयोजक हुनु हुन्थ्यो । यसकारण विश्वहिन्दु महासंघको केन्द्रिय संस्थापक पनि हुनुभयो ।
विश्वहिन्दु महासंघलाई कास्की जिल्लामा स्थापना गर्न उहाँको उल्लेखनिय भूमिका रहेको थियो । वाचन शिरोमणि पं. नारायण प्रसाद पोख्रेलज्यूको गोलिहानी हत्या गरिएपछि पोखराबासी स्तब्ध बन्न पुगे । सामाजिक क्षेत्रमा उल्लेखनिय सेवा पु¥याउनु भएका गुरुको व्यक्तित्व, कृतित्व र योगदानलाई जीवन्त राख्न गठित स्व. नारायण प्रसाद पोख्रेल स्मृति प्रतिष्ठानको स्थापना र परिचालनमा उहाँको अग्रणि भूमिका रहयो । “जातिय सद्भाव र राष्ट्रिय अखण्डताको लागि क्षेत्री एकता आजको आवश्यकता” भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै क्षत्री समाज नेपाल सक्रियरुपमा उदायो । क्षत्री समाज नेपालको केन्द्रिय सल्लाहकार समितिमा रहेर उहाँले गहन समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । कहिलेकाँही विवाद खटपटहुँदा त्यसलाई जित– जितको सिद्धान्त अवलम्बन गरी विवादलाई शान्त पार्न सघाएका पनि धेरै उदाहरणहरु छन्। विभिन्न संघसंस्थामा रही दिल खोलेर सहयोग गर्नुहुन्थ्यो ।
उहाँले बोलेको सहयोग पु¥याउन घडेरी बेचेको अवस्थाको म प्रत्यक्षदर्शी पनि हु । करिब १०० रोपनीको हाराहारीमा जग्गा भएको सुरथेश्वर शिवालयलाई यस क्षेत्रकै धार्मिक तथा अध्यात्मिक धरोहरको रुपमा विकास गर्न २÷२ पटक महायज्ञको आयोजना गरि पूर्वाधार खडा गर्नु भएको थियो उहाँले । उहाँ हाम्रा मांगलिक कार्यमा हुने अनावश्यक खर्च, तडक भडकबाट चिन्तित हुनुहुन्थ्यो । यसलाई समयमै सुधार नगर्ने हो भने भोलि मध्यम वर्गको लागि ठूलो समस्या वन्न सक्छ भनेर बारम्बार सचेत गराउनुहुन्थ्यो । आफ्ना एक मात्र छोराको शुभ विवाह पनि साधारण रुपमै सम्पन्न गर्नुभयो । अहिलेको जस्तो प्रिति भोजमा खर्च हुने लाखौँ रकम लाई बचाएर स्थानिय संघ, संस्था, आमासमूह, विद्यालय, पुस्तकालय, पत्रकार भवनलाई सहयोग प्रदान गर्नु भयो ।
रु. चार लाख भन्दा बढी सहयोगबाट यस क्षेत्रका थुप्रै संघसंस्था लाभान्वित भएका छन् । उक्त सहयोग प्रदान कार्यक्रमको प्रमुख आतिथ्यता तत्कालिन क्षेत्रिय प्रशासक अर्जुनबहादुर भण्डारीले गर्नुभएको थियो । हेटौँडा स्थित भुटन देवि मा.वि. को संरक्षण, उन्नति र विकासमा उहाँको योगदान अहम थियो । लामो समय उक्त विद्यालयको व्यवस्थापन समिति एवम् सल्लाहकारमा बसेर उहाँले सहयोग गरी रहनु भयो । उहाँ पोखरा छँदा पनि व्यवस्थापन समितिको बैठकको लागि प्रतिक्षामा बसीरहनु हुन्थ्यो भूटनदेवी मा.वि. परिवार । भुटन देवि मा.वि. का शिक्षक विद्यार्थीहरु शैक्षिक भ्रमणमा पोखरामा आउँदा होटलमा बस्न नपरोस भन्ने हेतुले आफ्नो घरमा छुट्टै बासस्थान निर्माण गर्नुभएको थियो । विद्यालय प्रति उहाँको गहिरो लगाव थियो ।
पश्चिमाञ्चल क्षेत्रकै शिक्षाका ज्योति स्वामि नित्यानन्दको योगदानलार्य जीवन्त राख्न नित्यानन्द सर्भिस फाउण्डेसन र नित्यानन्द पुस्तकालयको स्थापना गर्नु भएको थियो भने इ.रा.ल.मा.वि.मा कार्यरत शिक्षक कर्मचारहिरुको मनोबल उकास्न “तोरण गौरी अक्षयकोष” स्थापना गरी बर्षेनी शिक्षकहरु र विद्यार्थीहरु पुरस्कृत एवम्सम्मानित हुने व्यवस्था गर्नुभएको थियो । जीवनको उत्तरार्धतिर उहाँले आफूलाई फोटोग्राफी क्षेत्रमा व्यवस्त गराउनु भयो । पोखरा क्षेत्रमा आयोजना हुने हरेक मांगलिक कार्य, पुण्यकार्य, वा पितृकार्यको निमन्त्रणा प्राप्त गर्दा उहाँ जसरी पनि सहभागिता जनाउनु हुन्थ्यो । आफुले लिएर आएको क्यामेराले फोटाहरु खिच्नुहुन्थ्यो उक्त फोटाहरु काठमाण्डौ लगेर प्रत्येक को २–२ प्रति सफा गर्नु हुन्थ्यो ।
जस मध्ये एकप्रति आफ्नो संकलनमा राख्ने र एकप्रति सम्बन्धित पक्षलाई उपहार स्वरुप प्रदान गर्नुहुन्थ्यो । त्यतिबेला उहाँलाई भेट्न, उहाँको निवासमा पुग्दा फोटाहरु एलबममा राख्ने र त्यस्ता फोटाहरु संरक्षणमै व्यस्त पाउँथे मैले । भेटघाट गर्न उहाँको निवासमा पुग्दा केही न केही नखाइ फर्कनै नदिने उहाँको अचम्मैको बानि थियो । घरमा मान्छे आइदिँदा हर्षित बन्ने गर्नुहुन्थ्यो । त्यसैविच नेपालमा कोरोनाको कहर व्यापक भयो । कोरोना कालमै मैले उनलाई यि फोटाहरुलाई सार्वजनिक प्रदर्शन गर्नुपर्छ भन्दा उहाँ खुशी हुनु भएको थियो ।
मैले मेरा साथि सुनिल उलक समक्ष यो प्रस्ताव राख्दा “हुन्छ गरौ न” भन्नु भएको थियो । कोरोना कालमै ग्ाँइ दुर्घटनाको बारेमा अध्ययन गर्न सुनिलजी मेरो घरमा आउँदा गोविन्दज्यूसँग भेटाउन सकिन । पछि कोरोना मत्थर भएपछि भेटघाट गराउने मेरो इच्छा थियो । त्यही पापी कोरोनाले उहाँलाई हामीबाट सदाको लागि छुटाएर लग्यो ।हामीले यो क्षेत्रको सकारात्मक व्यक्तित्वको धनि, समाजसेवी बुद्धिजीवि र अत्यन्तै सहयोगी गोविन्दबहादुर के.सीलाई गुमायौँ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया