
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
बि.सं २०८१ चैत्र २० गते बुधबारका दिन, हामी पोखरा(१६,बाटुलेचौरमा कार्यरत शिक्षक (कर्मचारी सम्मिलीत ४३जनाको टोली घरबास अध्ययन भ्रमणको क्रममा अन्नपूर्ण गा.पा,वार्ड नं ४,तालिब्राङ्ग ९तुर्मु० तर्फ लाग्यौं।
नागडाँडा काटेपछि बाटै भरी हरिया जंगल बिच राताम्मै फुलेका लालीगुराँसले प्रकृतिलाइ सुशोभित पारेको थियो । माछाको काँडाघाँटीमा अड्किंदा ूगुराँस (गुराँसू भनेर पुकार्दा मात्र पनि काँडा हट्ने गुराँस औषधिजन्य गुणयुक्त हुनुको साथै नेपालको राष्ट्रियफूल पनि हो। करिब करिब १घण्टा २० मिनेटको यात्रा पछि हामीहरू भदौरे स्थित तालिब्राङ्ग पुग्यौं। भदौरे तामागि भनेर गएका हामीलाइ तालिब्राङ्ग हो भने पछि पश्चिमतर्फ लाग्न पर्यो। ५ मिनेट पछि तालिब्राङ्ग होमस्टेमा पुग्यौं। अध्यक्ष तारा गुरुङ बैनिलाइ भेट्यौं। जांगरीली,फरासिली तारा बैनि हाम्रै बाटुलेचौरेकी चेलि हुनुहुंदो रहेछ । उहाँको गोठबाट बोका किन्यौं र ५ मिनेट पर रहेको तमूह्यूल समाजघरमा लगि काटकुट गर्यौं। स्थानिय परिकारको खिउनी ,मकैको चीउरा,आलुदम र चिया खाजाकोरुपमा खायौं।
भदौरे शब्द भदौ महिनाबाट बनेको जस्तो लाग्छ।सायद भदौरे भल ,भदौरे बर्षा, भदौरे भोटि आदि आदि। तामागिको पश्चिमतिर फेदीखोला र पूर्बतिर अँधेरी खोला बग्छ। फेदी खोला कालीगण्डकीमा पुग्छ भने अंधेरी खोला सेतीमा। दुबैको भेट देबघाटमा हुन्छ। ूतिजको बेलीमा छोरी माइत गएकी ,अंधेरी खोलाले लग्यो सलल ू मैले सानैमा सुन्ने गरेको तिज गितमा उल्लिखीत अंधेरी खोला यहि रहेछ । साँझ पख पश्चिम आकाशमा धुमिल (धुमिल सूर्य देखियो। सूर्यास्तको पूर्ब संघारमा देखिएको यो अपूर्ब दृश्यमा रुमल्लिएको सूर्यलाइ क्यामेराको सहायतालै स्पर्श गर्ने प्रयत्न गरियो।
तालिब्राङ्ग शब्द तालिबान बाट हैन तुर्मू अर्थात तोरी बारीशब्द बाट बनेको हो भनिन्छ। यहाँ क्षत्री,ब्राह्मण र गुरुङ ९ लामिछाने, घ्याब्रिङ,पच्यू० को बसोबास छ । प्रत्येक टोलका आ (आफ्ना चिहान डाँडा रहेको पाइन्छ ।कालिज, मृग,भालु ,चितुवा जस्ता जन्तु पाइने यो ठाँउमा ूखोले साग ूबन्य तरकारी रहेछ ।साँझमा क्याम्प फाएर को आगोको रापमा रम्दै सबैजनाले नाचगान गर्नुभयो, खुशि साटासाट गर्नु भयो। मिस म्याडमको नृत्य प्रशंसनिय थियो भने सरहरुको नृत्य तावामा राखिएको भोटि माछा आगोको रापले उफ्रिए जस्तो थियो । तै पनि सरहरू खुशिपूर्बक नाच्नु तारिफ योग्य थियो ।
भदौरे तामागिमा बहादुरे मा।बि। थियो । कुन बहादुरको स्मृतिमा स्कूल निर्माण भयो भनेर बुझ्न खोज्दा अंग्रेजिमा भदौरेको हिज्जे बिग्रेर भएकोले भन्ने बुझिन आयो । भोलि पल्ट बिहान शिशीर र म भएर तालिब्राङ्गबाट पश्चिम तिर पक्कि र धुले बाटोबाट १ घण्टा पैदल यात्रा गरे पछि ूबाँसखर्कू पुगियो । जहाँ शहिद कृष्णबहादुर गुरुङको नाममा बनेको पार्क र गेट रहेछ । कृष्णबहादुर गुरुङ एउटा असल सहयोगि,उत्कृष्ट समाजसेबी र शिक्षाप्रेमी हुनू हुन्थ्यो भनेर आदरणिय लेखनाथ लामिछाने सरले भन्नु हुन्थ्यो । सरको बाणि झर्लक्क संझे र शहिद प्रति हार्दिक श्रद्वा सुमन अर्पण गरें। त्यहीं पर मेरा आफन्त राजु क्षत्रीको घर रहेछ । त्यहाँबाट १० मिनेट पैदल यात्रामा हुलाक भन्ने सानो बजार भेटियो।माथि प्रगतिशील मा।बि। थियो । गेट बन्द भएकोले भित्र हेर्न पाइएन। हाम्रो लेखनाथ सर त्यहाँबाट सरुवा भएर शान्ति मा।बि। जुम्लेटी आउनु भएको थियो। यो ठाउँलाइ सल्यान भनिन्थ्यो। सल्यान नाम भएका नेपालमा धेरै ठाउँ छन जस्तै सल्यान गाउँ,सल्यानटार,सल्यान जिल्ला ,सल्लेरी आदि आदि। गाउंको माथि सल्लोको घना जंगल भएकोले सल्लोबाट सल्यान बनेको हो कि जस्तो लाग्छ जस्तै ू चिसो( चिस्यान , सल्लो( सल्यानू।
राजनितीक रुपले सचेत र लोकतान्त्रिक आन्दोलनको उर्वर भूमि सल्यान मेरो ठूलो आमाको मामाको घरभएकोले र बेला बखत आमा बाट यो शब्द उच्चारण हुने गरेकोले पनि मेरो लागि प्रीय लाग्थ्यो यो ठाँउ। बर्दियाका सांसद खगराज शर्मा ,कास्कीका सांसद शुक्रराज शर्मा, चितवनका सांसद जगन्नाथ पौडेल ।रमेश पौडेल , साथी दण्डराज पौडेल, साथीजीबनाथ पौडेल ,शिब पौडेलको घर देख्न मन थियो ,समयाभावले सम्भब भएन।
सल्यान भ्रमणले आफू धन्य भएको अनुभूत भयो ।
(लेखक बानियाँ पोखराको कला र संस्कृतिको क्षेत्रमा कलम चलाउनु हुन्छ )


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया