
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
विवेक लोप्चन,काठमाडौं । राजावादी र गणतन्त्रवादीको फटाहा नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले दर्शक र श्रोताहरूको मन जित्न सफल भएको छ ।
गीतलाई मन्जली तामाङ – लेडी र्यापर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिलिज भएलगत्तै गीतले सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थालेको छ । श्रोताहरूले गीतको सशक्त शब्द, दमदार र्याप, र प्रभावशाली म्युजिक भिडियोलाई प्रशंसा गरिरहेका छन्।
गीतको शब्द र संगीत पत्रकार विवेक लोप्चनले तयार पारेका हुन् । नेपाली सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्न खप्पिस लोप्चनले यस गीतमार्फत कानुनी अन्याय र गरिबीले भोग्नुपरेका पीडालाई दर्शाउन खोजेका छन् । गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको छ । त्यस्तै मन्जली तामाङ (लेडी र्यापर), निमा लामा, र निमा लामा (र्याप स्टार) ले र्याप सेग्मेन्टमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । उनीहरूको दमदार र्याप डेलिभरीले गीतलाई झनै प्रभावशाली बनाएको छ।
गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन दिएका छन्।गरेका छन् । गीतको भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् भने छायाङ्कन त्रिलोक लामाले गरेका छन्। भिडियोले गीतको भावनालाई अझै गहिरो रूपमा दर्शाउने प्रयास गरेको छ । भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूको भूमिकाले भिडियोमा यथार्थपरक प्रभाव पार्न सफल भएको छ ।
सार्वजनिक भएसँगै गीतले युट्युबमा उच्च प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनमै हजारौं भ्यूज, लाइक्स, र सकारात्मक कमेन्टहरू बटुल्दै, गीतले चर्चा पाएको छ । श्रोताहरूले गीतको लय, शब्द, र भिडियोको उच्च गुणस्तरलाई खुलेर प्रशंसा गरिरहेका छन्। गीतमा उठाइएको सामाजिक विषयवस्तु गम्भीर भएको हुँदा, धेरै दर्शकहरूले यसलाई नेपाली कानुनी प्रणालीको यथार्थ प्रतिबिम्ब भनेका छन् ।
गीत सार्वजनिक भएसँगै लेडी र्यापर मन्जली तामाङले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोताहरूलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्:”यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो। हामी सबैको आवाज बुलन्द पार्नुपर्छ।”उनका सह-कलाकारहरूले पनि यो गीतले नेपाली हिप-हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको बताएका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया