SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/१७ गते
    १५० &#२३४६;&#२३३५;&#२३२५;

    विवेक लोप्चन,काठमाडौं । राजावादी र गणतन्त्रवादीको फटाहा नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले दर्शक र श्रोताहरूको मन जित्न सफल भएको छ ।

    गीतलाई मन्जली तामाङ – लेडी र्यापर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिलिज भएलगत्तै गीतले सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थालेको छ । श्रोताहरूले गीतको सशक्त शब्द, दमदार र्याप, र प्रभावशाली म्युजिक भिडियोलाई प्रशंसा गरिरहेका छन्।

    गीतको शब्द र संगीत पत्रकार विवेक लोप्चनले तयार पारेका हुन् । नेपाली सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्न खप्पिस लोप्चनले यस गीतमार्फत कानुनी अन्याय र गरिबीले भोग्नुपरेका पीडालाई दर्शाउन खोजेका छन् । गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको छ । त्यस्तै मन्जली तामाङ (लेडी र्यापर), निमा लामा, र निमा लामा (र्याप स्टार) ले र्याप सेग्मेन्टमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । उनीहरूको दमदार र्याप डेलिभरीले गीतलाई झनै प्रभावशाली बनाएको छ।

    गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन दिएका छन्।गरेका छन् । गीतको भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् भने छायाङ्कन त्रिलोक लामाले गरेका छन्। भिडियोले गीतको भावनालाई अझै गहिरो रूपमा दर्शाउने प्रयास गरेको छ । भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूको भूमिकाले भिडियोमा यथार्थपरक प्रभाव पार्न सफल भएको छ ।

    सार्वजनिक भएसँगै गीतले युट्युबमा उच्च प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनमै हजारौं भ्यूज, लाइक्स, र सकारात्मक कमेन्टहरू बटुल्दै, गीतले चर्चा पाएको छ । श्रोताहरूले गीतको लय, शब्द, र भिडियोको उच्च गुणस्तरलाई खुलेर प्रशंसा गरिरहेका छन्। गीतमा उठाइएको सामाजिक विषयवस्तु गम्भीर भएको हुँदा, धेरै दर्शकहरूले यसलाई नेपाली कानुनी प्रणालीको यथार्थ प्रतिबिम्ब भनेका छन् ।

    गीत सार्वजनिक भएसँगै लेडी र्यापर मन्जली तामाङले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोताहरूलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्:”यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो। हामी सबैको आवाज बुलन्द पार्नुपर्छ।”उनका सह-कलाकारहरूले पनि यो गीतले नेपाली हिप-हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विन्ध्येश्वरी आदर्शमा निर्वाचन मार्फत विद्यार्थी प्रमुख तथा उपप्रमुख चयन

    शिशिर,पोखरा । पोखराको मोहोरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा निर्वाचन प्रक्रिया मार्फत विद्यार्थी प्रमुख...

    प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

    पोखरा।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।...

    कुश्मा नगरपालिकाले ४० जना युवा युवतीलाई सिप सिकाउँदै

    पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ ।बैदेशिक रोजगार बोर्डको...

    धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

    पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल...

    रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

    काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं