SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/१४ गते
    १६७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।  पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।

    मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै कोटिहोम महायज्ञ राम्रोसंग सम्पन्न गन’होस् शुभकामना छ भनेका छन् । साथमा उनले थपेका छन – “हामीले कोटिहोम महायज्ञ गर्न दिदैनौ भनेर सुरु देखि नै भनेका छैनौं ।

    मात्र स्थानको कुरा थियो । हामीले पोखरालाई पर्यटकिय राजधानी घोषणा गर्दै गर्दा धार्मिक महत्वलाई पनि उत्तिकै महत्वका साथमा हेरेका छौं । कोटिहोम महायज्ञलाई पनि हाम्रो साथ छ । पोखरालाई राम्रो गर्ने कार्यमा हाम्रो सघै साथ रहने छ ।”

    पहिले पोखरा महानगरपालिका वार्ड नं. ६ मा कार्यक्रम गर्ने तयार भएतापनि अहिले पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटा स्थित श्री
    सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका स्थानियहरुको जमिनमा सञ्चालन हुने छ ।

    कोटिहोम महायज्ञका कार्यक्रमका विविध प्रचारप्रसारका कार्यक्रम यहि चैत्र १७ गते देखि प्रारम्भ हुने छ । त्यस्तै कोटिहोमको कार्यक्रम भने
    २०८२ बैशाख १७ गते देखि जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं