SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/४ गते
    १९६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश गरेको छ । सूर्यदर्शनको रकम अपचलन गरेर फरार रहेका जीबीको राहदानी रद्द गर्न सरकारी वकिल कार्यालय कास्कीको निवेदनका आधारमा आदेश भएको हो ।

    न्यायाधीश हिमलाल बेलबासेको इजलासले जीबीको राहदानी रद्दका लागि राहदानी विभागलाई लेखी पठाउन आदेश भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    केही अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको र केही प्रतिवादी धरौटीमा रिहा भएको भएपनि पीडितले न्याय नपाएको भन्दै सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो । त्यसैका आधारमा जीबीको राहदानी रद्द गर्न लेखी पठाउने आदेश भएको हो । अब अदालतको पत्र पुगेपछि विभागले रद्द गर्ने प्रक्रिया अघि बढाउनेछ ।

    जीबीकै नेतृत्वमा सहकारी सञ्जाल विस्तार गर्ने क्रममा ज्ञानबहादुर बम्जनको नेतृत्वमा २०६५ भदौ २७ गते सूर्यदर्शन सहकारी गठन भएको हो । जीबीको समूहले सुरुदेखि नै सहकारीको रकम रकम व्यक्तिगत स्वार्थ र व्यवसायका अन्य क्षेत्रमा लगाउँदै आएको अभियोग छ । जीबीका दाजुभाई अध्यक्ष हुँदा नै सहकारीको सबैभन्दा ठूलो रकम हिनामिना भएको थियो ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलगायत ७ जना एकैपटक धरौटीमा छुटेपछि सरकारी वकिलको कार्यालयले जीवीको राहदानी रद्द गराउने कदम चालेको हो ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि करिब २८ करोड र जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको थियो । रविले ६५ लाख रुपैयाँ र छवि ८० लाख रुपैयाँ कास्की जिल्ला अदालतमा धरौटी बुझाएर पुस २५ गते निस्किएका थिए । जीबीमाथि १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    २०८० माघमा जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएको थियो । तर, उनी अहिलेसम्म फरार रहेका छन् ।कास्की जिल्ला अदालतमा बयानका क्रममा रवि लामिछानेले आफू गृहमन्त्री हुँदा जीबीको राहदानी रद्द गर्ने पक्रिया अगाडि बढाएको तर कास्कीबाटै त्यो नभएको बताएका थिए ।

    लामिछानले सूर्यदर्शनसहित विभिन्न सहकारी र गोर्खा मिडिया अध्यक्ष जीबी राई नै रकम अपचलनमा संलग्न रहेकाले आफू उपप्रधान तथा गृहमन्त्री रहेका बेला पक्राउ गर्न अहिलेसम्मकै सबैभन्दा धेरै र प्रभावकारी कदम चालेको बयान दिएका थिए । मलेसियाका गृहमन्त्रीको सल्लाह बमोजिम जीबी राईको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडि बढाएको तर कास्की जिल्ला अदालतबाट यसको आदेश हुन नसकेको रविको बयान थियो ।

    ‘म स्वयंले मलेसियाका गृहमन्त्रीज्यूसँग २–२ पटक टेलिफोन वार्ता गरीसहकारी पीडितहरुको पक्षमा कुरा गर्दै फरार रहेका जीवी राईलाई नेपाल पठाईदिनेप्रक्रियाका लागि वार्ता गरी पहल गरेको थिएंँ,’ रविले बयानमा भनेका थिए, ‘मलेसियाका गृहमन्त्री स्वयंले आफ्नो सामाजिक सञ्जालमा मसँगको वार्ता भिडियोसहित सार्वजनिक गर्नुभएको थियो ।’यदी जीबी र उनको समूहलाईमात्रै समाउने हो भने पनि सहकारीको ठगी तथ्य सार्वजनिक हुने बताउँदै आइरहेका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=8aO-XsC4uyLczOn1

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल ६३ जनाविरुद्ध १ करोड ५१ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । त्यसपछि पछिल्लो क्रममा रविसहित ७ जना धरौटीमा छुटे भने बिहीबारमात्र एक प्रतिवादी रिता ताम्राकार धरौटीमा छुटेकी छन् ।अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं