SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/४ गते
    १९२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी रहेका छन् । बिहीबार फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरू जारी रहे ।

    बन विज्ञान क्याम्पसको खेल मैदानमा सञ्चालित महोत्सवको दोस्रो दिन विहीबार विद्यालय फुटबलतर्फ रेन्बो एकेडेमी, एसओएस हर्मन माइनर, वेलनन एकेडेमी र हावर्ड एकेडेमी अन्तिम चारमा पुगेका छन् ।

    फाइनल प्रवेशका लागि रेन्बोले एसओएस र वेलननले हावर्ड एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ । हावर्डले गोल्डेन फ्युचर, रेन्बोले थ्री एन्जल्स, एसओएसले विभूति शिक्षा सदन, वेलननले नेपाल भारत मैत्री विद्यालय र हावर्डले मेरीगोल्डलाई पराजित गरेको थियो ।पुरुष फुटबल अन्तर्गत प्रतिभा टोल, संगम टोल र फलेपाटन टोल विकास संस्था विजयी भएका छन् ।

    प्रतिभाले शिवशक्ति टोल विकास संस्था, संगमले ठूली मजुवा युवा क्लब, फलेपाटनले गण्डकी रिभर साइड युवा क्लबलाई पराजित गरेको हो । महिला भलिबलतर्फ जनजागृति आमा समूह र एकता समूह फाइनलमा पुगेका छन् । जनजागृति आमा समूहले चेतना महिला कृषक समूह र एकता आमा समूहले संगम टोल महिला समूहलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।

    पुरुष भलिबलको उपाधिका लागि चन्द्र सूर्य क्लब र तल्लो नयाँ गाउँटोल विकास संस्था भिड्ने भएका छन् । चन्द्रसूर्य क्लबले गलेश्वर युवा क्लबलाई पराजित गरेको हो भने तल्लो नयाँगाउँले आदर्श टोल विकास संस्थालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुने महोत्सव संयोजक आशिष भण्डारीले जानकारी दिए ।

    यसैगरी, ब्याडमिन्टनका खेलहरू पनि जारी रहेको छ । सिंगल र डबल्सतर्फ विभिन्न खेलहरु सञ्चालन भएको वडा सचिव युवराज पौडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं