SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/३ गते
    २०७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल प्याव्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=CqXHe2PNt1UIV22a

    परिषद् बैठकले विधानका केही बुँदाहरूमा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए ।

    उक्त समितिको संयोजकमा सुवास न्यौपाने र पाण्डव हमाल ठकुरी तथा सदस्यहरुमा याम खड्का, जय बहादुर श्रेष्ठ, राजु गुरुङ वेद प्रसाद पन्त रहेका छन् ।

    बैठकले महाधिवेशन सुव्यवस्थित गराउन उप–समितिहरू गठन गर्ने, सदस्यता नवीकरण प्रमाणिकरण माघ महिना भित्र गरि सक्ने र आवश्यकता अनुसार विधान परिमार्जन गर्नु परेमा, विधान परिमार्जन समिति निर्माण गरी केन्द्रीय समितिमा छलफल गराई केन्द्रीय महाधिवेशनबाट अनुमोदन गराउने निर्णय गरेको अध्यक्ष न्यौपनेले जानकारी दिए ।

    नेशल प्याव्सन गण्डककी प्रदेश, कास्की र पोखरा महानगर पालिकाको स्थानिय व्यवस्थापनमा भएको राष्ट्रिय परिषद् बैठकमा देशभरबाट १ सय ८४ जनाको सहभागिता रहेको नेशनल प्याव्सनका उपमहासचिव प्रकाश चन्द्र खड्काले जानकारी दिए ।

    उनका अनुसार बैठकमा नगरबाट अध्यक्ष वा प्रतिनिधि, जिल्ला र प्रदेशबाट अध्यक्ष, उपाध्यक्ष सचिव र कोषाध्यक्ष तथा केन्द्रीय समितका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा नगरबाट आएका प्रतिनिधिले आ–आफ्ना धारण व्यक्त गरेका थिए ।

    नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपनेको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष याम खड्काले स्वागत र उपमहासचिव प्रकाश चन्द्र खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं