
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ ।
सहिद तिवारीको स्मृतिमा स्थापना भएको सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पर्वत र बागलुङका गरी ११ वटा समूहहरूको सहभागिता रहेको थियो । ‘सहिद हरिदत्त तिवारीका सपना र हालको विकास’ शीर्षकमा रहेर आयोजना गरिएको भजन प्रतियोगितामा फलेवास नगर भजन समूह प्रथम, साइकलचोक भजन समूह द्वितीय, सिमखेत भजन समूह तृतीय भएका छन् भने कार्कीनेटा भजन समूह र शिव दुर्गा भजन समूह सान्त्वना स्थानमा आएका छन् । ती समूहहरुले पुरस्कार स्वरूप क्रमशः २१ हजार, १५ हजार, ११ हजार र ५÷५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=l1sFDkqstiIkftXz
कार्यक्रममा विद्यार्थीहरूका लागि राखिएको सांस्कृतिक कार्यक्रम अन्तर्गत राम मा।वि। शंकरपोखरी, त्रिभुवन मा।वि। शंकरपोखरी, जनसहयोगी मा।वि। शंकरपोखरी र लिमिठाना मा।वि।का विद्यार्थीहरूले आफ्ना कलाहरू प्रस्तुत गरेका थिए । उक्त विद्यार्थीहरूलाई पनि प्रोत्साहनका लागि उपहार प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक, फलेवास नगरपालिकाका प्रमुख तथा सहिद पुत्र गंगाधर तिवारीले बुबाले बोकेको सपना पूरा गर्नमा नै आफू सदैव तल्लीन रहेको बताएका छन् ।
जनताको पक्षमा काम गर्दागर्दै बुवा सहिद भएको स्मरण गर्दै बुबाले देखेका सपना साकार गर्ने आफ्नो अभिभारा भएको उनले बताए ।नगरपालिकाको आन्तरिक आम्दानी ज्यादै न्यून रहेको र माग अनुसार सङ्घीय तथा प्रादेशिक बजेट पनि नआउने अवस्था रहेको भन्दै उनले तर पनि धेरै असल कामहरूको सुरुवात गरिएको बताए । नागरिकका आंकक्षाहरु धेरै हुने भएकोले कहिलेकाहीँ माग पूरा नभएको अवस्थामा जनप्रतिनिधिले केही गर्न नसकेको भन्ने जस्ता गुनासा आउनु स्वाभाविक भएको नगरप्रमुख तिवारीको भनाइ छ ।
फलेवास नगरपालिका ग्रामीण क्षेत्रको नगरपालिका भएको भए पनि आफूहरूले सडक, खानेपानी लगायतका क्षेत्रमा धेरै कामहरू गरेको उनले बताए । सिँचाई, कृषि, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा नागरिकले पनि काँधमा काँध मिलाएकोले सहज भएको उनको भनाई छ । राजनीति गर्नु कठिन कुरा भएको भए पनि नागरिकको सेवामा खटिन पाउनु सहिद परिवारका लागि खुसीको कुरा भएको नगरप्रमुख तिवारीले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, नेपाली काँग्रेस पर्वतका उपसभापति शिव प्रसाद अधिकारी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के।सी, फलेवास नगरपालिका–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठ, तत्कालीन जिल्ला विकास समितिका उपसभापति राम शर्मा, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतले सहिद तिवारीको बारेमा बोलेका थिए । कुश्मा नगरपालिकाका उपसचिव तथा सहिद परिवारका सदस्य विष्णुप्रसाद तिवारीले सहिद तिवारीको जीवनीको बारेमा जानकारी गराए ।
सोही कार्यक्रमको अवसर पारेर नेपाल पत्रकार महासङ्घ पर्वत शाखामा सर्वसम्मत रूपमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान पनि गरिएको छ । नगरपालिकामा सक्रिय रहेका भजन समूहलाई सक्रिय बनाई सांस्कृतिक जगेर्नाको लागि प्रतियोगितामा सहभागी भएका हरेक भजन समूहका सबै सदस्यहरूलाई पोसाक समेत वितरण गरिएको छ । यस्तै शंकरपोखरी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरका लागि न्यानो कपडा अन्तर्गत ब्लाङ्केट वितरण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार संजय रेग्मी र लोक तथा दोहोरी गायक सूदीप क्षेत्रीले गरेका थिए । प्रतिष्ठानका तर्फबाट भगीरथ च्वाइँले स्वागत मन्तव्य व्यक्त गरे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया