
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । तिम्रै छ सम्झनाको म्युजिक भिडियो सार्वजनिक भएको हो। कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो भने संकलन गरिएको छ । योगेश काजीको संगीत संयोजनमा तयार भएको गीत अमन तामाङको निर्देशनमा तयार भएको हो । म्युजिक भिडियोमा टिकटक स्टार बिना राउत र कुशल कोरियोग्राफर एवम् डान्सर विवेक थापाको अभिनय रहेको छ ।
https://youtu.be/GIWL8V2f_io?si=1t0tC7tpsNFM54JW
गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी देखिन्छन् । पोखरामा रहेर संगीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालको यो लोक लयको गीत हो । यसअघि बस्यालले जीवन सुनारको शब्दसंगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्दसंगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरि, दिपक शर्माको शब्दसंगीतमा ढाट्यो मायाले, आकाश दाहलको शब्द र आफ्नै संगीतमा बस है पियारी लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
लोक गीत संगीतबाटै आफ्नो सांगीतिक यात्रा शुरुवात गरेका बस्याल आफ्नी आमाको प्रेरणाबाट गीतसंगीत क्षेत्रमा छिरेका हुन् । उनकी आमाले गाउँमा अझै पनि गाउने गर्छिन् । आमासँगै रोधीमा सहभागी बन्दै गर्दा आफूले गीत गाउन सिकेको बस्याल बताउँछन् ।
बस्याल भन्छन्,‘सार्वजनिक भएको उक्त गीत मेरा लागि आशादित गीत हो । यसअघि मैले आधुनिक र पप गीत सार्वजनिक गरेपनि यसपाली लोक लयमा सार्वजनिक गरेको हुँ ।’ उसो त बस्याललाई गायक भएपछि सबै खालको गीत गाउन सक्ने हुनुपर्छ जस्तो लाग्छ । नेपाली संगीतको धरातल नै मौलिक लोकगीत भएकाले यसको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने तर्क बस्याल राख्छन् । बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् । शास्त्रिय संगीत समेत सिकेका बस्याल पर्वतका हुन् ।
उनी प्रवीणता परिक्षा उतिर्ण गरेपश्चात पोखरा आएका थिए । स्कुल पढ्दा देखिनै रेडियो सुन्न असाध्यै मन पराउने बस्याललाई रेडियोले नै गायक बनायो भन्दा फरक नपर्ला । पोखराको रेडियो अन्नपूर्णबाट संचारकर्म शुरुवात गरेका बस्याल पछिल्लो समय गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रेस संयोजक भएर काम गरिरहेका छन् । परिचय डटकममा समेत उनको आबद्धता छ ।
संगीत सँगसँगै पत्रकारितामा रहरले आएका थिए बस्याल । त्यहि रहर नै आज उनका लागि गरिखाने बाटो बनेको छ । सांगीतिक प्रस्तुतिका लागि बस्याल नेपालका विभिन्न ठाउँमा पुगेका छन् । गत असोजमा दीप समाज हङकङद्वारा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति राख्न उनी पुगेका थिए । दर्शकलाई झुमाउन सक्ने क्षमता भएका बस्यालको चर्चित गायिका अस्मिता अधिकारीसँगै रेकर्ड भएको “मायामा मायामा” लगायतका गीत आउने क्रममा छन् ।
बस्यालका संगीतमा नै पछिल्लो समयमा चर्चित गायकगायिकाहरुलाई आवाज भर्न थालेका छन् । गायन सँगै संगीतमा समेत उनको क्रियाशिलता बढ्दो छ । पछिल्लो समयकी चर्चित गायिका सहिमा श्रेष्ठले उनलाई “तिम्रै छ सम्झना” मा साथ दिएकी हुन् । नेपाली सिनेमाको दर्शन सलाम, तिम्रा डोलाडोला हातमा, पिच्चर हिट लगायतका चर्चित गीतकी गायिका उनी समेत उक्त गीतबाट आशावादी देखिन्छन् । सन्तोष सँग युगल गीत गाउन पाउँदा उनी खुशी छिन् । भन्छिन्,‘ सन्तोषजी सँग मैले पहिले पनि सहकार्य गरिसकेको छु । ढाट्यो मायाले गीतमा उहाँ र मेरो आवाज समेटिएको छ । उहाँको आवाज खारिएको छ । संगीत सिर्जना समेत राम्रो लाग्यो । यस्ता व्यक्तिसँग युगल गीत गाउन पाउँदा खुशी छु ।’
बिना राउत एक मिहिनेती कलाकार हुन् । जसलाई टिकटकबाट माथि उठायो । संगीतमै संघर्षशिल राउत अभिनय मार्फत म्युजिक भिडियोमा आएकी हुन् । राउत समेत उक्त गीतबाट आशावादी छिन् । अहिले सम्मको म्युजिक भिडियो भन्दा फरक काम गर्ने अवसर मिलेको उनले उल्लेख गरिन् ।
निर्देशक अमन तामाङले डान्सको बीटलाई मात्र आधार बनाएर म्युजिक भिडियो निर्माण गरिएको बताए । गीतलाई सफलता मिल्छ भनेर नै लगानी गरिएको भनाई उनको छ । म्युजिक भिडियोमा बी टुु डी डान्स स्कुलका कलाकारहरुको अभिनय छ । गीतकार कपिल शर्मा नाटक निर्देशक हुन् । उनले निर्देशन गरेका नाटकलाई सफलता मिलेको छ । पोखरामा बसेर कलाकारितामा समेत क्रियाशिल शर्मा गीतकार समेत हुन् । गीत सँगै गजल, मुक्तक लेखनमा उनको दखलता छ । आफुले लेखेको गीत सार्वजनिक हुँदा उनी खुशी देखिन्छन् ।
बी टु डी डान्स स्कुलको प्रस्तुतिमा सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई प्रकाश गुरुङ “काश” ले खिचेका हुन् ।
उक्त गीतमा विवेक थापा र स्मृति गुरुङको कोरियोग्राफी छ । पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल कलाकार सरिता दानकुटी, साजन खड्का, राजुकमार नेपाली, सुनिल किसान, राम पटेल, लक्ष्मण पटेल, गणेश तामाङ, सुमन परियार, अर्जुन शेरचन, किशोर अछामी, अञ्जुबुढा मगर, अस्मिता नेपाली, कञ्चन नेपाली, इथिया गुरुङ, काजल ठकुरी, बिपना तामाङ, सुस्मिता थापा, पे्रशा परियार, सुक्मित गुरुङ, एलिसा मगरको अभिनय छ ।
गीतलाई बी टुु डी इन्टरटेन्मेन्ट युट्युब मार्फत सार्वजनिक गरिएको हो । निर्देशक तामाङको सम्पादन र कलरिङ रहेको म्युजिक भिडियोको छायाँकन पोखरामा गरिएको हो ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया